प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने: स्वास्थ्य मन्त्री पाठक
पाेखरा | साउन ११, २०८२

पोखरा: गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए ।
परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका हुन् ।
उनले प्रदेशमै जनशक्ति उत्पादनका लागि बागलुङ र गोरखामा एचए पढाउने व्यवस्था गर्ने लागेको जानकारी दिए । उनले परिवार नियोजन संघसँग मिलेर सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत प्रजनन स्वास्थका कार्यक्रम गर्दै जाने बताए । मन्त्री पाठकले आगामी नीति तथा कार्यक्रममा प्रजनन स्वास्थबारे कार्यक्रम ल्याउने पनि आश्वासन दिए ।
कार्यक्रमा उपस्थित गण्डकी प्रदेशसभाका सदस्यहरुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुले सामान्य तथा कुनै पनि विपद्का बेलामा पनि गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनाको पहुँच पु¥याई विद्यमान शिशु, बाल तथा मातृ मृत्युदरलाई न्यूनीकरण गर्न र परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न प्रतिबद्धता जनाए ।
यस्तै, परिवार नियोजन संघ र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा यस प्रदेशलाई आवश्यक बजेट पर्ने बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने, प्रदेशका यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी नीतिहरुको तर्जुमा र परिमार्जन गरी अझ व्यावहारिक रुपमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गराउने सन्दर्भमा प्रतिबद्धता जाहेर गरे ।
गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचाल, पूर्व मन्त्री एवं राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, प्रदेश सांसदहरु प्रकाश बराल, सरस्वती गुरुङ, देवका पहारी, गणेशमान गुरुङ, नन्दकला नेपाली, प्रदेश नीति तथा योजना सदस्य दुर्गा अधिकारी, स्वास्थ्यकर्मी विद्या कोइरालासमेतले मन्तव्य व्यक्त गरे ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले ‘गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना कार्यक्रमको अवस्था’ बारे अर्को कार्यपत्र प्रस्तुत गरे । उनको कार्यपत्र अनुसार गण्डकीमा ५ वर्षमुनिका बालबच्चामध्ये ४५ हजार छोरा जन्मिएकामा ३९ हजारमात्र छोरी जन्मिएका छन् । जन्मदरमा लैंगिक असमानताको कहालीलाग्दो अवस्थाप्रति ध्यान दिनुपर्ने कार्यक्रममा बहस भएको थियो ।
यसैगरी, परिवार नियोजन संघका चेतराज जोशीले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ बारे अर्को कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा जिसस कास्की प्रमुख लीलाधर पौडेल, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, रुपाका अध्यक्ष नवराज ओझा, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, उपसचिव भरतराज पौडेल, हेमप्रसाद आचार्य लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वरिष्ठ स्वास्थ्य प्रबन्धक नवराज तिवारीले गरेका थिए । सभापति सिग्देलले परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्यबारे गाउँगाउँमा सचेतनाका कार्यक्रम लैजाने बताए । उनले कास्कीमा प्लस टु तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई ध्यानमा राखेर २४ वटा कार्यक्रम गर्ने लक्ष्य रहेको सुनाए ।
पोखराः पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जङ्गे सार्कीलाई प्रहरीले प्रक्राउ गरेको छ । पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीय जमुना नेपाली सार्कीको हत्या गरेको आरोपमा जङ्ग...
गण्डकी: सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् । डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटे...
रसुवा: नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएक...