पोखरामा ९ जुवाडे २ लाख बढी नगदसहित पक्राउ

पाेखरा | साउन ११, २०८२

पोखरामा ९ जुवाडे २ लाख बढी नगदसहित पक्राउ

पोखरा:   पोखरा लेकसाइडस्थित होटल लेक टपको कोठामा जुवातास खेलिरहेका ९ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । 


होटलको कोठामा तास खेलिरहेका ९ जना जुवाडेलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए । 


९ जना जुवाडेको साथबाट २ लाख ५६हजार ४ सय, भारतीय नगद रु ५ हजार ५ सय  र २० बुक तास बरामद भएको प्रनाउ बस्नेतले बताए । 


पक्राउ पर्नेमा पोखरा महानगरपालिका घर भएका ४७ वर्षीय चिन्तामणी अधिकारी, २७ वर्षीय अर्जुन अधिकारी, ४९ वर्षीय माया गुरुङ, भक्तपुर घर भई पोखरा बस्ने ५६वर्षीय रामजी घजु, बागलुङ जैमिनी घर भई पोखरा बस्ने २९ वर्षीय तुलबहादुर थापा छन् । 


यस्तै पवर्तको बिहादी घर भई पोखरा बस्ने ४८ वर्षीय दुर्गाबहादुर थापा, बागलुङ बडिगाड घर भई पोखरा बस्ने ५४ वर्षीय हेमबहादुर श्रीस, म्याग्दीको रघुगंगा घर भई पोखरा बस्ने ४० वर्षीय दिपक आचार्य र रोल्पा सुनछहरी घर भई पोखरा बस्ने २९ वर्षीय मिनु बुढामगर छन् । 


पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरील जनाएको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्