विद्यार्थीलाई ज्वरो, रघाखोकीः विद्यालय बन्द
लमजुङ | साउन २५, २०७९

लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जनविकास माध्यमिक विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द भएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीमा रुघाखोकी, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएकाले विद्यालय दुई दिनका लागि बन्द गरिएको हो। विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार विद्यार्थीमा केही समयदेखि स्वास्थ्य समस्या देखिएको थियो।
आइतबारदेखि बिरामी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि मंगलबार विद्यालय बुधबार र बिहीबारका लागि बन्द गरिएको हो।
विद्यालयका केही शिक्षकमा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। बिरामी विद्यार्थी र शिक्षकको संख्या बढ्नसक्ने जोखिमले विद्यालय बन्द गरिएको उहाँको भनाइ छ। एकबाट अर्कोमा समस्या सर्नसक्ने भएकाले समयमै सचेत भएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो।
कोरोना भाइरस (कोभिड-१९) को चौंथो लहर बढिरहेका बेला विद्यार्थीलाई रुघाखोकी र ज्वरोले सताएपछि थप भयावह अवस्था आउन नदिन विद्यालय बन्द गर्नुपरेको जनाएको छ। दुई दिन बन्द गरेपछिको अवस्था हेरेर सोही अनुसार अघि बढ्ने विद्यालयले जनाएको छ।
हेटौँडा: पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा सहचालक घाइते भएका छन् । भारतको ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताउनुभएको छ । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्त...
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...