संस्कृत विद्यालयमा निर्माण गरिएको शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन
पाेखरा | साउन २०, २०८२
पोखरा: पोेखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशय भित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधाराको केदारेश्वर महादेव मणी मन्दीरका पीठाधिस चिद्घन चैतन्यजी महाराजले आज एक समारोहबीच उद्घाटन गर्नु भएको छ ।
विद्यालयको आन्तरिक स्रोत र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा निर्माण गरिएको सो उद्यानको लागत ५ लाख ९२ हजार रहेको छ ।
सो उद्यानको उद्घाटन गर्नुहुदैँ चैतन्यजी महाराजले आत्मसन्तुष्टि प्राप्त गरी स्थिर मन भएर गरेको धर्म मात्र सार्थक हुने बताउँदै धर्मले सबैलाई एकतामा बाध्ने स्पष्ट पार्नुभयो ।
उहाँले धर्मको बारेमा बोल्नुहुदैँ कुनै व्यक्तिको काम र कर्तव्यबाट पनि प्राप्त हुने स्पष्ट पार्नु भयो ।
भोकभोकै बसेर मन्दिरको दर्शन गरी लाखौं दान गरे पनि मनमा शान्ती र स्थितरता भएन भने त्यस्तो व्यक्तिले गरेको धर्मको कुनै अर्थ नहुने स्पष्ट पार्नु भयो ।
उहाँले धर्म र संस्कृति भनेको राष्ट्रको मुल मर्म भएकाले कुनै पनि अभिभावकले आफ्ना सन्ततीलाई धर्मको बारेमा सिकाउनुभयो ।
गुरु चैतन्यले विदेश जाने छोराछोरीहरुलाई विदेश नजान आग्रह समेत गर्दै देशमै बसेर सेवा गर्न प्रेरित गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवम् गोरखा पत्र दैनिकका व्युरो प्रमुख रमेश पौडेललाई पत्रकारीता क्षेत्रबाट धर्म संस्कृति र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यायानाध्यापक श्रीकृष्ण सिग्देल, प्रा। डा जग्गनाथ रेग्मी लगायतले धर्म संस्कृति र संस्कृत शिक्षाका बारेमा बोल्नु भएको थियो ।
सो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । यहाँ हाल २६० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
७० जना विद्यार्थीहरुलाई निशुल्क आवास तथा भोजनको व्यवस्थासमेत विद्यालयले गर्दै आएको छ । जसका लागि गुरुकुल शिक्षाको संर्वद्धन र प्रर्वद्धनका लागि भन्दै अक्षयकोष खडा गरिएको छ । सो कोषमा हालसम्म ६५ लाख रुपैयाँ जम्मा भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
संस्कृत विद्यालय भएपनि सो विद्यालयमा वेद कर्मकाण्ड लगायत अंग्रेजी, विज्ञान, गणित विषयसमेत पढाई हुदाँ सो विद्यालयमा आउने विद्यार्थीको संख्यामा वृद्धि भएको सो विद्यालयका प्रअ सिग्देलको भनाई छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

