३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ
काठमाडाैं | साउन २१, २०८२
काठमाडौं: प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका–२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी–१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।
आरोपीहरूको साथबाट १ हजार दरको ३८ थान नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलाई बताए ।
उनीहरू लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आएका थिए । आरोपीहरूले सो रकम ‘अर्कै व्यक्तिले दिएको’ बयान दिएका छन् ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

