३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ

काठमाडाैं | साउन २१, २०८२

३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ

काठमाडौं:  प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका–२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी–१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका छन् । 


आरोपीहरूको साथबाट १ हजार दरको ३८ थान नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलाई बताए । 


उनीहरू लु‍ ९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आएका थिए । आरोपीहरूले सो रकम ‘अर्कै व्यक्तिले दिएको’ बयान दिएका छन् । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्