पोखरामा‘अप्रेशन एल्लो मेटल’:११ करोड बराबरको सुनचाँदीका गहनासहित ११ भारतीय नागरिक पक्राउ, एक फरार
पक्राउ परेका भारतीय नागरिकको साथबाट २ देखि २ सय १० तोला सुन बरामद
पाेखरा | साउन २४, २०८२
पोखरा: पोखरामा अवैध सुनचाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय कास्कीले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–२,३,४,९ वडाको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको कारोवार भइरहेको सूचनामा गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको सयुक्त टोलीले ११ जना भारतीय नागरिकलाई शुक्रबार राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्याम बाबु ओलियाले पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीका गहना विक्री वितरण भैरहेको सूचनापछि ‘अप्रेशन एल्लो मेटल’ नाम दिएर गरिएको अनुसन्धानका क्रममा ६केजी ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिक पक्राउ परेको बताए ।
‘शुक्रबार हामीलाई पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको गहना विक्री वितरण भइरहेको सूचना आएको थियो, प्रमुख ओलियाले भने, ‘सूचनापछि कास्की प्रहरीले अप्रेशन एल्लो मेटल अनुसन्धान गर्दै जाँदा अवैध सुनसहित भारतीय नागरिक पक्राउ गर्न सफल भएका छौ भने एक जना फरार छन् खोजी कार्य तिव्र पारेका छौं ।’
उनका अनुसार कास्की प्रहरीले शुक्रबारको सुनचाँदी मूल्य अनुसार करिव ११ करोड मूल्य बराबरको सुनचाँदी बरामद गरेको हो ।
कास्की प्रहरीले ११ जनाको साथबाट (करिव ६केजी ४ सय ग्राम सुन )५ सय ४९ तोला ४० लाल सुन, ४ सय ४४ तोला ७३.९ लाल चाँदी, ५ लाख १४हजा ६सय ६५ रुपैयाँ नगद बरामद गरेको छ ।
पक्राउ परेका भारतीय नागरिकहरुले अनुसन्धानको क्रममा आफुहरु पेशाले कालिगढ मात्र भनेपनि उनीहरु नै व्यवसाय र कालिगढ भएको प्रहरीको दावी छ ।
कसको साथबाट कति सुनचाँदी र नगद बरामद ?
पक्राउ पर्नेमा भारत घर भई पोखरा २ मोहरिया टोलमा विगत १६ वर्षदेखि कालिगढको काम गर्दै आएका राजेन्द्र जगतापको साथबाट ११ तोला २० दशमलव ६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र १लाख ६० हजार ५ सय नगद, मोहरिया टोलमा विगत २० वर्षदेखि कालिगढको काम गर्दै आएका मनिक लाल आदकको साथबाट १३ तोल १७ लाल सुन, १० तोला ५५ लाल चाँदी, विन्ध्यवासिनीमा १५ वर्षदेखि कालिगढको काम गर्दै आएका सम्दिप ढापको साथबाट ३ तोला ८ लाल सुन बरामद भएको हो ।
यस्तै मोहरिया टोलमा नै विगत १६ वर्षदेखि सुनचाँदीको डिजाइनको काम गर्दै आएका सोमनाथ पालको साथबाट १२ तोला १२ दशमलव ७ लाल सुन, ९ तोला ५९ दशमलव ४ लाल चाँदी, पोखराको तेर्सापट्टीमा विगत २० वर्षदेखि सुनचाँदीको काम गर्दै आएका दिपक सामन्तको साथबाट ३८ तोला ५ लाल सुन, ३० तोला ११ लाल चाँदी, पोखरा–३ मा विगत २८ वर्षदेखि सुनचाँदीको काम गर्दै आएका गोविन्द दिण्डाको साथबाट २सय १० तोला ८९ लाल सुन, चिप्लेढुङ्गामा विगत २० वर्षदेखि बस्दै आएका असित वर ८६ तोला ८७ दशमलव १ लाल सुन र ३१ दशमलव ५ लाल चाँदीसहित पक्राउ परेका हुन् ।
यस्तै मोहरिया टोलमा विगत २४ वर्षदेखि बस्दै आएका तापस सामन्तको साथबाट २४ तोला १५ लाल सुन, भैरवटोलमा विगत १२ वर्षदेखि कालिगढको काम गर्दै आएका उञ्जल भोमिक ५ तोला ४६ दशमलव ९ लाल सुन, मोहरिया टोलमा सुनचाँदीको काम गर्दै आएका सुनिता पावरको साथबाट २ तोला ५० लाल सुन, ९३ तोला ६१ लाल चाँदी, प्रोभास माझीको साथबाट ८८ तोला ३१ लाल सुन र १ लाख ८५ हजार नगद बरामद गरेको हो । यस्तै सन्जय ढाव भने फरार छन् । प्रहरीले उनले काम गर्ने स्थानबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको छ ।
पक्राउ परेका उनीहरुलाई सामानसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

