‘सङ्घीयताको अनुभूति हुने गरी काम गर्नुपर्छ ’
मोरङ | साउन २५, २०७९
मोरङ: जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो ।
प्रमुख राईले सभाको शुभारम्भ गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीले सङ्घीयताको अनुभूति हुने गरी जनताको काम गर्नुपर्नेमा जोड दिनुभयो । समन्वय समितिका उपप्रमुख झा, पूर्व उपप्रमुख प्रकाशकुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य बबिताकुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले जिससको अधिकार सुनश्चित् भएमा काम गर्न सहज हुने धारणा राख्नु भयो ।
सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

