मोटरसाइकल दुर्घटना हुँदा स्ववियू सभापतिसहित दुई जनाको मृत्यु
काठमाडाैं | भदौ ११, २०८२
काठमाडौं: दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
लामोसाँघु–जिरी सडकखण्डको रमितेडाँडा दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियू सभापति २४ वर्षीय शिरिस बस्नेत र बैतेश्वर–३ का २६ वर्षीय श्यामबहादुर खत्रीको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।
स्ववियू सभापतिसमेत रहेका बस्नेतले चलाएको बा. ३ प ८८९९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा।प्र।०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनाका दुवैजना घाइतेलाई उपचारका लागि चरिकोट लगिएको थियो।प्रहरीका अनुसार चरिकोटको च्छोरोल्पा अस्पताललले मृत घोषणा गरेको हो।
सामान्य घाइते भएका अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

