अपडेट:डडेल्धुरा जीप दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत
डडेल्धुरा | भदौ १२, २०८२

डडेल्धुरा: डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जीप दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परी एकै वडाका चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
यसैगरी घाइते हुनेहरुमा वडा नं. ५ कै १८ वर्षीय सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर डम्बर विष्टका अनुसार बिहीबार बिहान करिब ८ बजे से १ज ७३८ नं. को जीप दुर्घटना भएको थियो ।
ठाँटा बजारबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउँदै गरेको जीप कच्ची सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
यो पनि पढ्नुहोस
ढोरपाटन: बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व ...
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ ला...
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...