तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव सम्पन्न
तीजगीतमा सहनसिल, नृत्यमा सृष्टी, ढिँकी जातोमा हुमकला र छेलोमा दुजिक भए प्रथम
पाेखरा | भदौ १५, २०८२
पोखरा: ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना गरिएको तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ सम्पन्न भएको छ ।
टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा ५ भाद्रदेखि सुरु महोत्सव समापन समारोहमा विभिन्न प्रतियोगताका विजेताहरुको घोषणा सगै पुरस्कार वितरण गरिएको थियो ।
विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय, आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
महोत्सव अन्र्तगत आयोजना गरिएको तीजगीत प्रतियोगितामा सहनसिल दिदिवहिनी समूह पोखरा २२ प्रथम, पोखरा नसिङ्ग क्याम्पस समूह दोस्रो, कमल जैसी आमा समुहले तेस्रो स्थान हात पार्दा उर्जासिल दिदीवहिनी समूह पोखरा १० र एकलधारा सृजनशिल मिलन समाज पोखरा ५ ले सान्तवना स्थान हात पारे ।
प्रतियोगितामा उत्कृष्ट भेषभूषा वैशि क्षेत्र दिदीवहिनी समुह, उत्कृष्ट शब्द मिलीजुली आमा समूह, उत्कृष्ट नृत्य कास्कीकोट दिदिवहिनी समूह र विशेष सहभागिताको पुरस्कार राष्ट्रिय मा.वि. कक्षा ५ समूहले हात पारे ।
एकल नृत्यतर्फ सृष्टी गुरुङ प्रथम, पद्मा पौडेल दोस्रो, दिया गुरुङ तेस्रो र सृष्टी सुनारले सान्तवना स्थान हात पारिन ।
ढिकी जाँतोतर्फ हुमकला आर्चायको समूह प्रथम, विजया अधिकारीको समूह दोस्रो, चन्द्रा अधिकारीको समूह तेस्रो र सर्मिला तामाङको समूहले सान्त्वना स्थान हात पारे । छेलोतर्फ दुजिक थापा मगर प्रथम, मिलन सुनार दोसो सञ्जय अडाइ मगरले तेस्रो स्थान हात पारे ।
विजेतामध्ये तिज गितमा प्रथम हुनेले ३५ हजार ५५५, देस्रोले २० हजार ५५५, तेस्रोले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा, शब्द, नृत्य र विशेष सहभागिताले तीन हजार ५५५ नगद पुरस्कार पाए । एकल नृत्य, ढिकी जाँतो र छेलोतर्फ जनही प्रथमले १२ हजार ५५५, दोस्रोले सात हजार ५५५, तेस्रोले पाँच हजार ५५५ र सान्त्वनाले तीन हजार ५५५ नगद पुरस्कार पाए ।
यसै गरि महोत्सव उद्घाटन पुर्व निकालिएको प्रभातफेरीमा बगर तमु समाज पोखरा १ बगरले झाँकी, मिरुवा तमु समाज पोखरा २ . मिरुवाले भेषभुषा र अभियान आमा समुह पोखरा पोखरा १ लामपाटनले उत्कृष्ट आमा समूह घोषित हुदै जनही पाँच पाँच हजार नगद पुरस्कार पाए ।
१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल सगै वाल उद्यान रहेका थिए । त्यसै गरि महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती समेत रहेको थियो ।
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवमा दर्शकको सहभागिता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत क...

