पोखरा १: स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य समाग्री वितरण

कास्की | साउन २६, २०७९

पोखरा १:  स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य समाग्री वितरण

कास्की:    पोखरा महानगरपालिका १ भित्र रहेका स्वास्थ्य स्वयंसेवीकाहरु र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई वडा कार्यालयले रक्तचाप (बिपी) जाँच गर्ने मेसिन र डिजिटल थर्माेमिटर वितरण गरेको छ ।

 

पोखरा १ भित्र रहेका १४ जना स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई ४ गरि कुल १९ वटा बिपी सेट र थर्माेमिटर वितरण गरेको हो । 

 

वडाध्यक्ष साहरा प्रधानले शहरी स्वास्थ्य केन्द्र बगरकी इन्चार्ज कमला गौतम तथा स्वयंसेवीकाहरुलाई सो समाग्री हस्तान्तरण गरेका थिए । 

सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले स्वास्थ्य स्वयंसेवीकाहरुलाई सहजता प्रदान गर्ने उदेश्यसहित वितरण गरिएको बताए । उनले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको बताउदै वडाको चौतर्फी विकासमा टेवा पुग्ने धारणा राखेका थिए ।

 

यसैगरि वडा सदस्य शोभा गुरुङले यसअघि सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको वडा नम्बर १ का क्लबहरुलाई खेलकुखका समाग्री प्रदान गरिसकेको बताए ।

‘हामीले आफ्नो वडालाई नमुना वडा बनाउँन भनेर लागिरहेका छौं, उनले भनिन्, ‘खेलकुद क्षेत्रमा क्रियाशिल क्लबहरुलाई समाग्री सहयोग गरिसकोका छौं । अहिले स्वास्थ्य स्वयंसेवीकाहरुलाई आवश्यक पर्ने समाग्री हस्तान्तरण गरेका छौं । यो यथेष्ट नभएपनि उहाँहरुलाई केही थप सघाउ पुग्छ भन्ने विश्वास लिएका छौं ।’

 

उनले गत महिना लागुओषध नियन्त्रण व्यूरोको सहयोगमा युवालक्षित सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको बताइन् ।   उनका अनुसार आगामी दिनमा युवाहरुलाई लक्षितगरि विभिन्न रचनात्मक र सचेतनामुलक कार्यक्रम आयोजना गर्ने वडा कार्यालयले लक्ष्य लिएको छ । 
 

पोखरा:   प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर म...

थप पढ्नुहोस्

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्