यु १४ फुटबल: छात्रतर्फ शिशुकल्याण मावि र गण्डकी बोर्डिङ उपाधिका लागि भिड्ने

छात्रातर्फ लिगचरणका खेल सम्पन्न

पाेखरा | भदौ १९, २०८२

यु १४ फुटबल: छात्रतर्फ शिशुकल्याण मावि र गण्डकी बोर्डिङ उपाधिका लागि भिड्ने

पोखरा:  पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन् । 


कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलमा छात्रतर्फ सेमिफाइनल सकिदाँ छात्रातर्फ लिगचरणका खेल सम्पन्न भए । 


बिहिबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा शिशुकल्याण माविले सैनिक आवासिय महाविद्यालयलाई ५–२ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ । 


शिशुकल्याणको जितमा गोपाल सुनार, विक्रम गुरुङ, सुमन घर्तिमगर, शक्ति बोहरा र राजु एसकेले समान एक–एक गोल गरे । सैनिकका लागि वसेल विक्रम कुँवर र रमन क्षेत्रीले गोल गरे । शिशुवाका सुमन घर्ति प्लेयरअफ दि म्याच घोषित भए । 


दोस्रो सेमीफाइनलमा गण्डकी बोर्डिङले सोसल पब्लिकलाई १–० ले हराउँदै शिशु कल्याणसँगको भेट पक्का गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको पहिलो हाफमै सोनम खत्रीले गरेको गोल निर्णायक बन्न पुग्यो । उनी खेलको प्लेयरअफ दी म्याच घोषित भए । 


यस्तै छात्रातर्फ त्रिभुवन शान्ति नमुना माविले शान्तिदिपलाई ३–० ले हराउँदै समुह विजेता बन्यो । समूह ए मा कुल २ खेल खेलेको त्रिभुवनले २ जितसहित ६ अंक बटुल्दै फाइनल प्रवेश गरेको हो । 
शान्तिदिप ३ अंकका साथ दोस्रो र सेन्टमेरिज अंक विहिन हुँदै लिगचरणबाट बाहिरिए ।  समुह बी बाट भने सैनिक आवासिय यस अघि नै समुह विजेता हुदै फाइनल प्रवेश गरेको थियो । सैनिकले कुल २ खेलबाट ६ अंकका साथ शीर्षमा रहँदै फाइनल प्रवेश गरेको थियो । 


प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका थिए । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता भोलि सम्पन्न हुनेछ । प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ । 


प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले  सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्