अपांगता भएका व्यक्तिहरूलाई सहज जीवनयापनका लागि सक्षम बनाउन जरूरी: प्रदेश प्रमुख भट्ट

काठमाडाैं | भदौ २१, २०८२

अपांगता भएका व्यक्तिहरूलाई सहज जीवनयापनका लागि सक्षम बनाउन जरूरी: प्रदेश प्रमुख भट्ट

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । 


उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उहाँको भनाई छ ।

 
नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको उल्लेख गर्नुभयो ।

 
‘समाजमा अपांगता भएका व्यक्तिहरुप्रति गरिने व्यवहार अझै सम्मानजनक नभएको तीतो यथार्थ हामीसामु छ । मुलुकमा दशकौँदेखि व्याप्त रुढीवादी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’ उहाँले भन्नुभयो ।


रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । ‘अपाङ्गतामैत्री संरचना र सेवा अपरिहार्य आवश्यकता हो । अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अनिवार्य छ ।’ उहाँले भन्नुभयो ‘उनीहरूको सहजताका लागि आवश्यक ऐन, कानुन निर्माणमा राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जबाफदेही बन्नैपर्ने हुन्छ ।’

 
अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा भट्टले जोड दिनुभयो । संघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले दृष्टिविहीन समुदायको कल्याण र उनीहरुको हक अधिकार स्थापित गर्न उल्लेखनीय कार्य गर्ने मार्गचित्र छलफलबाट तयार हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।

 
२०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैरनाफामुखी संस्थाका रुपमा अघि बढेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल नेत्रहीन संघ, दृष्टिविहीन अभिभावक संघ नेपाल जस्ता एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न पनि प्रदेश प्रमुख भट्टले सुझाव दिनुभयो ।
  

संघले कास्कीसँगै विभिन्न जिल्लामा शाखा स्थापना गरेको जनाएको छ । नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाई, छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान, ब्रेललिपी तालिम, सदस्यहरुलाई लघुवित्त व्यावसायिक योजना सम्बन्धी क्षमता अभिवृद्धि एवं सीपमूलक तालिमको आयोजना, ब्रेललिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा प्रस्फुटन, पुरस्कार स्थापना र वितरण लगायतका कार्यक्रमहरु संस्थाले गर्दै आएको संघ कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्गले जानकारी दिनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्