चौथों सिमपानी साँझबाट ७ लाख संकलन
वडा प्रहरी बगरलाई त्रिशक्ति समाज सेवा क्लबको कम्प्युटर सहयोग
पाेखरा | मंसिर १, २०८२
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।
शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७ लाख रकम संकलन भएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उक्त रकमबाट वडा प्रहरी कार्यालय बगरलाई १ थान कम्प्युटर सहयोग गरेको उनले बताए ।
‘जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति पुगेको वडा प्रहरी कार्यालयलाई सञ्चालनका ल्याउनका लागि कठिनाई भएको अवस्थालाई मध्यनजर गरेर हामीले पूर्वघोषित कार्यक्रम अनुसार नै कम्प्युटर सहयोग गरेका हौं, उनले भने, ‘यसले थोरै भएपनि कार्यालय सञ्चालनका लागि सघाउ पुग्न विश्वास लिएका छौं ।’
उनले वडाबासीलाई सुरक्षाको प्रत्याभूति दिने कार्यालयलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

क्लबले केही दिनमै पोखरा २५ हेमजास्थित मानव सेवा आश्रमलाई र जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाईसमेत सहयोग गर्ने तयारी क्लबका सचिव विकास सुवेदीले जानकारी दिए ।
सिमपानी क्षेत्रको सरसफाईलाई ध्यान दिएर यसअघि सडक किनारका पोलहरुमा डस्टबिन राखिएको सुवेदीले बताए ।
उनका अनुसार गत कात्तिक ४ गते सम्पन्न सिमपानी साँझमा तमु, मगर, तामाङ, थकाली लगायत समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा नौलो विहानी संस्था, तरेली साँस्कृतिक परिवारका नृत्यहरु र द इन्फ्लेम ब्याण्डले लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो ।
कार्यक्रमकाबीच आर्थिक सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको थियो । क्लब स्थापना लामोसमयदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदैं आएको छ ।




काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

