हुप्सेकोट गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष पक्राउ

चितवन | मंसिर १, २०८२

हुप्सेकोट गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष  पक्राउ

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका ८ का तरुण दलका क्षेत्रीय सभापति अमित गिरी, अविनाश काफ्ले, कुमार पुलामी र हुप्सेकोट गाउँपालिका १ का कमल खनाल रहेका छन् ।

 

अध्यक्ष पाण्डेलगायत जनप्रतिनिधिहरूले दर्ता गराएको किटानी जाहेरीको आधारमा उनीहरूलाई शनिबार बिहान ११ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधु नेपालले बताए ।

 

कावासोतीका गिरी नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय सभापति हुन् । पालिका अध्यक्ष पाण्डे पनि कांग्रेसबाट दोस्रोपटक निर्वाचित पालिका अध्यक्ष हुन् । उनी गाउँपालिका महासंघको अध्यक्ष पनि हुन् ।

 

यसअघि प्रहरीले हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोडमा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिएको थियो । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्