एनपीएलमा अनलाइनमार्फत् सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ

काठमाडाैं | मंसिर ७, २०८२

एनपीएलमा अनलाइनमार्फत् सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ

काठमाडौं:   क्रिकेट एसोसियसन अफ नेपालद्वारा सञ्चालित एनपिएलको दोस्रो संस्करणको क्रिकेट प्रतियोगितमा अनलाइनमार्फत सट्टाबाजी कार्यमा सङ्लग्न आठ जना भारतीय नागरिक पक्राउ परेका छन् । 


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार मङ्सिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एनपिएलको क्रिकेट प्रतियोगितमा सहभागी भइ अनलाइनमार्फत बेटाकुलर डट लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने आठ जना काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बल्खुबाट नियन्त्रणमा लिइएको हो ।


स्थायी ठेगाना भारतको आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ भइ हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्दै आएका वर्ष ३१ को राजा यदुला, वर्ष ३५ को महेश बाबु, वर्ष ३० को पण्डित श्रीनिवासुलु, वर्ष २० को सेख सोयब, वर्ष ३० को नभिन मड्डेला, वर्ष ३२ को महमद रफी सेख, वर्ष १९ को साई कुमार तम्मिसेट्टी र वर्ष २८ को सेख चन्द बसल पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले निजको साथमा मोबाइल – १५ थान फेला पारेको छ । 


उनीहरुलाई मुलुकी अपराधसहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ । 

सिमकोट: सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।  स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँ...

थप पढ्नुहोस्

काठमाडौं:  बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज  सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज एक तोला सुनको...

थप पढ्नुहोस्

पोखरा:  एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ ।  एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको...

थप पढ्नुहोस्