फाउण्डेशनका संस्थापक गुरुङको जन्मोत्सव वृद्धाआश्रम र मानवसेवामा
पाेखरा | मंसिर ११, २०८२
पोखरा: लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् ।
फाउण्डेशनका संस्थापक गुरुङले आज आफ्नो जन्मोत्सवको अवसरमा पोखरा महानगरपालिका स्थित पोखरा वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन शाखामा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाएका हुन् ।
जन्मोत्सवको अवसरमा फजुल खर्च भन्दा सामाजिक क्षेत्र सेवा गर्दै आएको फाउण्डेशनका संस्थापक गुरुङले बताए ।
‘मैले आफ्नो जन्मोत्सवको अवसरमा विगत ८÷९ वर्षदेखि पोखरा वृद्धाआश्रममा आएर जन्मोत्सव मनाउँदै आएको छु, उनले भने, ‘यो सहयोग भन्दा पनि बाहिर गर्ने खर्च भन्दा सामाजिक कार्यमा खर्च गर्नुपर्छ भन्ने सन्देश हो, वृद्धाआश्रम र मानवसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर जन्मोत्सव मनाउन पाउँदा छुट्टै आनन्द हुन्छ ।’
पोखरा वृद्धा आश्रममा ४० जना र मानवसेवा आश्रम छोरेपाटनमा ९४ जना आश्रीत रहेका छन् ।
यस्तै गुरुङले विगत ४ वर्षदेखि जन्मोत्सवको अवसरमा नै पोखरा महानगरपालिका–१४ का मृगौला पीडित नरबहादुर तामाङ र शारीरिक अपाङ्गता बिनिता तामाङलाई खाद्यान्नसँगै आर्थिक सहयोग गरेका छन् ।
मृगौला पीडित तामाङले हप्तामा दुई पटक डायलाइसिस गर्दै आएका छन् । भने, बिमला तामाङ शारीरिक अपाङ्गता छिन् । फाउण्डेशनका संस्थापक गुरुङ सामाजिक तथा खेलकुद विकासको क्षेत्रमा काम गर्दै आएका छन् ।
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो । यससँगै उपभोक्ताले एक तोला...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

