पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीहरुको विदाइ कार्यक्रम

पाेखरा | मंसिर ११, २०८२

पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीहरुको विदाइ कार्यक्रम

पोखरा:  पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गरेको हो ।


कार्यक्रमको आयोजना कलेजका स्नातक तह वर्ष २०२१ व्याजका विद्यार्थीहरुले गरेका हुन् । कार्यक्रममा स्नातक तह वर्ष २०२० व्याजका विद्याथीहरुलाई विदाइ गरिएको थियो ।


सो अवसरमा क्याम्पस प्रमूख लिना नेगी श्रेष्ठले पिसिएमले व्यवहारिक शिक्षामा जोड दिएको बताइन् । कक्षा कोठामा सिकेको कुरा व्यवहारिक जीवनमा लागु गरेर अगाडि बढ्न उनले विद्यार्थीहरुलाई आग्रह गरिन् । 


त्यसैगरी स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको तर्फबाट सम्राट गुरुङले कलेजमा रहँदाका मीठा पलहरु सँधै अविस्मरणीय रहिरहने बताए । कलेजसँगको सम्बन्ध आगामी दिनमा थप बलियो बनिरहने उनको भनाइ थियो ।


कार्यक्रममा विद्यार्थीहरुले हास्यव्यङ्ग्य, गायन र नृत्यसहितका विभिन्न सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । कलेजका विद्याथी निश्चल भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन छात्राद्धय समीक्षा तिमिल्सिना र विनिसा गुरुङले गरेका थिए ।
 

विगत पच्चीस वर्षदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापनमा स्नातक (बीबीए), वित्तमा स्नातक (बीबीए–फाइनान्स) र सूचना प्रविधिमा स्नातक (बीएस्सीआईटी) कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।  


पोखरा नदीपुरमा रहेको कलेजमा बिहानी र दिवा सत्रमा गरी हाल ५ सय ५० विद्यार्थीहरु अध्ययनरत छन् । कलेजले वार्षिक कार्यक्रम अन्तर्गत पीसीएम फेष्ट, आइडिया पिच प्रतियोगिता, जब फेयर, पत्रकार सम्मेलन अभ्यास र शैक्षिक भ्रमण लगायतका कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ ।

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्