सुनको मूल्य फेरि २ लाख ५० हजार नाघ्यो
काठमाडाैं | मंसिर १२, २०८२
काठमाडौं: सुनको मूल्य शुक्रबार फेरि २ लाख ५० हजार रुपैयाँ नाघेको छ । हिजो घटेको सुनका मूल्य आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

