चरक हस्पिटल १४ वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदान तथा सहयोग
पाेखरा | मंसिर २२, २०८२
पोखरा: पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ ।
हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो ।
आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई अवार्ड वितरण गरेको छ । साथै, हस्पिटलले वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा। विश्वबन्धु बगालेले निजी स्तरमा सञ्चालित अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढेकोमा खुशी प्रकट गरे ।
सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुमध्ये गण्डकी प्रदेशबाट सबैभन्दा धेरै योगदानकर्ताहरुलाई स्वास्थ्यसेवा प्रदान गर्ने हस्पिटल बन्न सफल भई नेपाल सरकारबाट सम्मानित भएकोमा पनि उनले बधाई ज्ञापन गरे ।
प्रवन्ध निर्देशक पोखरेलले सेवाग्राही, कर्मचारी, चिकित्सक लगायत सम्पूर्णमा आभार व्यक्त गरे । हालसम्म सेवा प्रदानको अवसर प्रदान गर्ने सेवाग्राहीप्रति आभार भक्त गर्दै उनले आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र परिमार्जन गरी स्तरीय स्वास्थ्य सेवा प्रदानको प्रतिबद्धतालाई थप विश्वासिलो बनाउने उनले प्रतिबद्धता जनाए ।
हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
२०६९ साल मंसिर १० गते स्थापना भएको चरक हस्पिटलले १३ वर्षसम्म समुदायलाई गुणस्तरीय, पहुँचयोग्य र करुणासहितको सेवा प्रदान गर्न सफल भएको उनले बताए । ‘पोखरा तथा आसपासका जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित हस्पिटलले धेरै सेवाग्राहीको विश्वास जित्न सफल भएको छ’ – प्रबन्ध निर्देशक पोखरेलले भने ।
पोखराको नागढुंगामा रहेको यो हस्पिटल १०० शय्या क्षमतामा सञ्चालन भइरहेको छ । ७ तले भवन भूकम्प प्रतिरोधी छ भने छतमा हेलिप्याड सुविधासहितका संरचना छन् ।
हस्पिटलले अत्याधुनिक उपकरण, नवीनतम प्रविधिबाट सेवान प्रदान गरिरहेको पोखरेलले बताए । यो मल्टी–स्पेशालिटी हस्पिटल हो । मुटुरोग उपचार र शल्यक्रियाका लागि पनि हस्पिटल चिनिएको छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

