पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुखविरुद्ध दुई करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडाैं | पुस १, २०८२

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुखविरुद्ध दुई करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार उनीविरुद्ध पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। 


उहाँका अनुसार मुनंकर्मी सार्वजनिक पदमा बहाल रहेको मिति २०५४ साल फागुन १ गतेदेखि मिति २०८० मङ्सिर १४ गतेसम्मको अवधिमा जाँच गर्दा निज र निजको एकाघर परिवार÷सगोलमा रहेका व्यक्तिहरुको पारिश्रमिकतलब बचत, जग्गा बिक्री आय, ऋण सापटी आय, शेयर बिक्री आय, लाभांशमुनाफा आय, दैनिक भ्रमण भत्ता, पुरस्कार लगायत विभिन्न आयका स्रोतबाट जम्मा आय तीन करोड ७३ लाख ८१ हजार ४४४ रुपियाँ रहेको देखिएको छ। 


यसैगरी, सोही समयमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन मोटरसाइकल खरिद, सुनको गरगहना, बिमा प्रिमियम भुक्तानी, अध्ययन शुल्क, ऋण सापटी लगायत जम्मा व्ययतर्फ ६ करोड २४ लाख १५ हजार ९६१ रुपियाँ देखिएको छ। 


आयोगका अनुसार सो अवधिमा कुल आयभन्दा कुल व्यय जम्मा दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ बराबरको स्रोत पुष्टि भएको नदेखिएका कारण सो रकम बिगो कायम गरी सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको छ।


भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनी र उनकी श्रीमती पूर्ण केशरी गोसाईलाई समेत प्रतिवादी कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।  

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्