पोखरामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी विस्तार

पाेखरा | पुस ४, २०८२

पोखरामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी विस्तार

पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको हो ।


परियोजनाले ल्यान्डफिलमा जाने फोहरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जनालाई जोड दिएको छ । परियोजनाको मुख्य उद्देश्य फोहर व्यवस्थापनलाई दिगो बनाउँदै हरित उद्यमशीलताको विकासमार्फत नेपालमा हरित रोजगारी विस्तार गर्नु हो ।


यसका लागि पोखरामा १३६ भन्दा बढी समुदायस्तरीय रीसाइकलिङ तथा अपसाइकलिङ समूह विकास गर्ने लक्ष्य लिइएको छ । यी समूहहरूले परियोजनाअन्तर्गत स्थापना हुने ३० वटा उद्यमलाई मूल्य शृङ्खलामा सहयोग पु¥याउनेछन् । यस प्रक्रियामार्फत पोखरामा ९०० भन्दा बढी हरित रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको परियोजनाले जनाएको छ ।


हालसम्म परियोजनाले ७ वटा समूह गठनमा सहयोग पु¥याइसकेको छ भने ४ वटा रिसाइकलिङ तथा अपसाइकलिङ उद्यम स्थापना भइसकेका छन् । सन् २०२५ भित्र थप ६ वटा उद्यम स्थापना गर्ने योजना रहेको छ । जसले पोखराको हरित अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।


उद्यमहरू विस्तार हुँदै जाँदा कानुनी प्रक्रिया, व्यवसाय व्यवस्थापन तथा बजारिकरणसम्बन्धी ज्ञान आवश्यक हुने भएकाले परियोजनाले हालै तीनदिने कानुनी अनुपालन, व्यवसाय व्यवस्थापन तथा मार्केटिङसम्बन्धी तालिम सञ्चालन गरेको छ । उक्त तालिम सिनर्जी बिजनेस एडभाइजर्सले सहजीकरण गरेको हो ।


त्यसैगरी, फोहर व्यवस्थापनको क्रममा श्रमिकहरू विभिन्न स्वास्थ्य तथा सुरक्षासम्बन्धी जोखिममा पर्न सक्ने भएकाले समूहहरूका लागि तीनदिने स्वास्थ्य तथा सुरक्षा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी पनि गरिएको छ । परियोजनाअनुसार यो तालिम उद्यम विकास प्रक्रियाको अभिन्न अङ्गका रूपमा समावेश गरिएको हो ।


उद्यम विकास प्रक्रिया जटिल र समयसापेक्ष हुने भएकाले निरन्तर सहयोग र व्यवहारिक तालिम आवश्यक रहेको परियोजनाले जनाएको छ । आरयु समूहकी संस्थापक लेखमाया थापा मगरले तालिमले व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउन र फोहरसँग काम गर्दा सुरक्षामा ध्यान दिन महत्वपूर्ण सहयोग पु¥याएको बताइन् ।


रिसाइकलिङ, अपसाइकलिङ र उद्यमशीलतालाई एकआपसमा जोड्दै जिसिआरयू परियोजनाले पोखरामा वातावरणीय चुनौतीलाई आर्थिक अवसरमा रूपान्तरण गर्दै समावेशी र दिगो हरित रोजगारीको मार्ग प्रशस्त गरिरहेको छ ।

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्

काठमाडौं:   नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

थप पढ्नुहोस्