कास्कीमा वृद्धाको सुन लुटपाट गरेकाे आरोपमा ५ जना पक्राउ
पाेखरा | पुस ४, २०८२
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय सुशिल नेपाली, पोखरा–२३ घर भई भीमकालीपाटन बस्ने २७ वर्षीय आशिष नेपाली सुनार, पोखरा–२३ बस्ने १८ वर्षीय विजय पराजुली, आशिषकी श्रीमती २१ वर्षीया अस्मिता नेपाली र पोखरा–१ का ५३ वर्षीय तुलबहादुर विश्वकर्मा रहेका छन् ।
तुलबहादुरले चोरी गरेको सुन खरिद गरेको आरोप छ ।
कास्की प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाका विभिन्न स्थानमा एकै दिन दुई वृद्धालाई तिन युवकले गहना लुटेका थिए ।
गत पुस १ गते दिउँसो पौने ४ बजे माछापुच्छ्रे गाउँपालिका–६ ठूलोकुनामास्कुटरमा आएका तीन जनाले ८२ वर्षीया वृद्धालाई लछारपछार पारी कानको सुनको रिङ लुटेर फरार भएका थिए ।
त्यसको केही समयपछि पौने ५ बजे पोखरा–१९ पुरनचौरमा ६५ वर्षीया महिलाको पनि त्यसैगरी कानको रिङ लुटपाट भएको थियो ।
लगातार लुटपाटका घटना भएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले अनुसन्धान गर्दा आशिष, विजय र सुशीलको संलग्नता खुलेको कास्की प्रहरीका प्रवक्ता हरी बहादुर बस्नेतले जानकारी दिए ।
उनका अुनसार उनीहरूले प्रयोग गरेको ग ६ प ५१८२ नम्बरको स्कुटर पनि प्रहरीले बरामद भएको छ ।
यस्तै उनीहरुको साथबाट २ थान सुनको रिङ, २ थान बाला र ६० हजार रुपैयाँ नगद बरामद गरिएको थियो ।
पाँचै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

