कास्कीमा वृद्धाको सुन लुटपाट गरेकाे आरोपमा ५ जना पक्राउ

पाेखरा | पुस ४, २०८२

कास्कीमा वृद्धाको सुन लुटपाट गरेकाे आरोपमा ५ जना पक्राउ

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय सुशिल नेपाली, पोखरा–२३ घर भई भीमकालीपाटन बस्ने २७ वर्षीय आशिष नेपाली सुनार, पोखरा–२३ बस्ने १८ वर्षीय विजय पराजुली, आशिषकी श्रीमती २१ वर्षीया अस्मिता नेपाली र पोखरा–१ का ५३ वर्षीय तुलबहादुर विश्वकर्मा रहेका छन् ।
तुलबहादुरले चोरी गरेको सुन खरिद गरेको आरोप छ ।

 

कास्की प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाका विभिन्न स्थानमा एकै दिन दुई वृद्धालाई तिन युवकले गहना लुटेका थिए ।

 

गत पुस १ गते दिउँसो पौने ४ बजे माछापुच्छ्रे गाउँपालिका–६ ठूलोकुनामास्कुटरमा आएका तीन जनाले ८२ वर्षीया वृद्धालाई लछारपछार पारी कानको सुनको रिङ लुटेर फरार भएका थिए ।

 

त्यसको केही समयपछि पौने ५ बजे पोखरा–१९ पुरनचौरमा ६५ वर्षीया महिलाको पनि त्यसैगरी कानको रिङ लुटपाट भएको थियो ।

 

लगातार लुटपाटका घटना भएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले अनुसन्धान गर्दा आशिष, विजय र सुशीलको संलग्नता खुलेको कास्की प्रहरीका प्रवक्ता हरी बहादुर बस्नेतले जानकारी दिए ।

 

उनका अुनसार उनीहरूले प्रयोग गरेको ग ६ प ५१८२ नम्बरको स्कुटर पनि प्रहरीले बरामद भएको छ ।

 

यस्तै उनीहरुको साथबाट २ थान सुनको रिङ, २ थान बाला र ६० हजार रुपैयाँ नगद बरामद गरिएको थियो ।
 

पाँचै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्