कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

पाेखरा | पुस ५, २०८२

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ ।


फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहेको कालाबाङ सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवद्र्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो । 


पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए । 


नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउनुमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको मुख्य भूमिका भएको उनको भनाई थियो ।


उनले भने, ‘आदिवासी जनजातिहरुको संस्कृतिले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेलिरहेको छ, यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।’ 


साथै अहिले पोखरा महानगरपालिकाले पोखराको पर्यटकलाई मध्यनजर गरेर, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई ध्यान दिइरहेको उनको भनाई छ । 


कार्यक्रममा व्यवसाय केन्द्र पोखराका प्रमुख नवराज अधिकारीले पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा अति उपयुक्त ठाउँ भएको बताए । 


पोखराको पर्यटन क्षेत्रलाई यहाँ आयोजना हुने मेला महोत्सवले समेत टेवा पु¥याइरहेको उनको भनाई थियो । 


यो वर्ष पोखरा महानगरपालिका पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अगाडि बढेको कार्यक्रममा उनले बताएका छन् । उनले भने, ‘आफ्नो लक्ष्य पुरा गर्न महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ ।’ 


फोनिजका संघीय महासचिव समीर बलामीले पर्यटनको क्षेत्रमा पोखरा कास्की मात्रै नभएर समग्र नेपालकै प्रतिनिधित्व गर्ने बताए । 


आदिवासी जनजातिको संस्कृति र पर्यटन क्षेत्र एकअर्काको परिपुरक भएको महासचिव बलामीको भनाई छ । आदिवासी जनजातिको रैथाने उत्पादनलाई प्रोत्साहित गर्नु आजको आवश्यकता भएको उनको भनाई छ ।


आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय सल्लाहकार डण्ड गरुङ, उजिर मगर लगायतले पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने र यसमा पत्रकारहरुले साथ दिनुपर्नेमा जोड दिएका थिए ।


शनिबार नै कालाबाङमा फोनिजको तेस्रो पूर्ण बैठक भएको छ । बैठकमा फोनिजको संघीय कार्यसमिति, ७ वटै प्रदेशका जिल्ला इन्चार्जसहित पदाधिकारी र गण्डकी  अन्तर्गतका जिल्ला अध्यक्ष र पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 
 

गलकोट:  चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्