लेखनाथ महोत्सवमा दर्शकको घुइँचो

कास्की | पुस ५, २०८२

लेखनाथ महोत्सवमा दर्शकको घुइँचो

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।

 

शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

 

महोत्सवमा शनिवारमात्र ४० हजार दर्शकले मेलाको अवलोकन गरेका तथा प्रचार प्रसार संयोजक धु्रववावु भट्टराइले बताए । 

 

१ करोड ५० लाख बरावरको आर्थिक कारोबार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरीसकेका भटट्राईले जानकारी दिए ।

 

विषेशगरी वाल उद्यानतर्फ मात्र १० लाख वढिको आर्थिक कारोबार भएको बाल उद्यानका संयोजक भरत थापाले बताए ।

 

महोत्सव गेटदेखी तीन सय ३५ स्टलपार गरी कार्यक्रम स्थल सम्म पुग्न दर्शकलाई पुग्न हम्मेहम्मे परेको हो ।

 

नृत्यतर्फ बडहरे गन्र्दभ समाजको प्रस्तुती रहेको थियो भने विद्यालय स्तरीय कार्यक्रम अन्तगत आनन्द ज्योति मावि , गुरुकुल विद्याश्रम, भवानी कालिका मावि र लक्ष्मी आदर्श माविको प्रस्तुती रहेको थियो भने रत्यौली तर्फ गायत्री आमा समुहको आफ्नो प्रस्तुती राखेका थिए  ।

 

कलाकार तर्फ लोकदोहोरी तर्फ खुमन अधिकारी, निरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ्ग, मधुथापा मगर र सुगम संगित तर्फ रचना रिमाल र डेविड शंकरको प्रस्तुती रहेको थियो ।

 

महोत्सवमा लोकदोहोरी, हास्यव्यङ्ग्य तथा सांगीतिक प्रस्तुति जारी छन्।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्