गहना लुट्न पोखरामा ७५ वर्षिया हजुरआमाको हत्या, बुद्धचोकबाट नाती पक्राउ

पाेखरा | पुस ५, २०८२

गहना लुट्न पोखरामा ७५ वर्षिया हजुरआमाको हत्या, बुद्धचोकबाट नाती पक्राउ

पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् ।

 

पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।

 

हत्या आरोपी आशिषलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकबाट पक्राउ गरिएको डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार परियारको साथबाट लुटिएका गरगहनासमेत बरामद गरिएको छ ।

 

आशिषको साथबाट सुनजस्तो देखिने पहेंलो रङको कानमा लगाउने २ थान रिङ, ७२ लालको साना मुन्द्राहरु ४ थान र घटनामा प्रयोग भएको बञ्चरो १ थान र १ थान चक्कु बरामद गरिएको छ ।

 

हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरीले जनाएकाे छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्