तनहुँ जिल्ला ढकाल समाजमा नयाँ नेतृत्व
पाेखरा | पुस ६, २०८२
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समाजको उपाध्यक्षमा महेशराज ढकाल, सचिवमा बोधराज ढकाल, सह–सचिवमा भगवती भण्डारी ढकाल र कोषाध्यक्षमा अग्नी ढकाल चयन हुनुुभएको छ । समाजका सदस्यमा सञ्जय ढकाल, पुष्पा ढकाल, कृष्णराज ढकाल, शुक्रराज ढकाल, कपिल ढकाल, नारायण ढकाल रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ढकाल समाज प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष लोकराज ढकाल, विशिष्ट अतिथि ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सदस्य फडिन्द्रराज ढकाल लगायत तनहुँ जिल्ला निवासी ढकाल बन्धुहरूको उपस्थितिमा भएको कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि ढकालले प्रतिष्ठानको आजिवन सदस्य र विशिष्ट सदस्यबाट उठेको रकम संकलनबाट देवघाट तनहुँमा जग्गा खरिद गरी कुल मन्दिर, शिव मन्दिर लगायत नेपाल ढकाल प्रतिष्ठान आश्रम निर्माण तथा सञ्चालन गर्ने उद्देश्य राखिएको बताउनुभयो । यसमा सबैको साथ र सहयोग आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

