घलेलमा २७ औं ल्होछार उत्सव हुँदैं, भलिबलको उपाधि राशी ८५ हजार

घोडा दौड प्रतियोगिताको विजेतालाई ५० हजार

पाेखरा | पुस ६, २०८२

घलेलमा २७ औं ल्होछार उत्सव हुँदैं, भलिबलको उपाधि राशी ८५ हजार

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।

 

बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २७ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।

 

उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, घोडा दौड प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, लगायतका प्रतियोगिता समावेश गरिएको छ ।

 

अध्यक्ष गुरुङले गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ८५ हजार र उपविजेतालाई नगद ५० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । 

 

सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ  । टिम दर्ता गर्न शुल्क नगद रु ६ हजार रुपैयाँ तोकिएको छ । 

 


 
यसैगरी घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ५० हजार र उपविजेताले २५ हजार, तृतीय हुनेलाई १५ हजार तथा सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ । 

 

यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता गर्न शुल्क नगद रु २ हजार ५ सय रुपैयाँ तोकिएको छ । 

 

उनका अनुसार प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले विजेताले ३० हजार उपविजेताले २० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

टिम दर्ता गर्न शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।

 

ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् । 

 

मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ ।
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्