गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
पाेखरा | पुस ६, २०८२
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ ।
एक्सपल्स राइडर नेपाल क्लबद्वारा पर्यटन प्रवद्र्धनको लागि आयोजित बाइक टूरमा १२ जना सहभागी छन् । उक्त टोलीसँग टेवानले पोखराको पर्यटन प्रवद्र्धन सम्बन्धमा अन्तरक्रिया समेत गरेको छ ।
क्लबका अध्यक्ष कुन्दन श्रेष्ठका अनुसार पहिलो दिन काठमाडौंबाट हिँडेको टोली शुक्रबार चितवनको सौराहामा बास बसेको थियो । सौराहाबाट शनिबार पोखरा आएको टोली आइतबार लमजुङको घलेगाउँ पुगेको छ ।
काठमाडौं, चितवन र पोखरालाई ‘गोल्डेन ट्र्यांगल’ मानेर पर्यटन बोर्डको समेत सहयोगमा क्लबले बाइक टूर आयोजना गरेको हो । उक्त टूरका क्रममा यी सहरसहित नजिकका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने उनले बताए ।
‘विश्व पर्यटन दिवसका अवसरमा सेप्टेम्बर २७ मै बाइक टूर गर्ने योजना जेन–जी आन्दोलनका कारण धकेलियो,’ उनले भने, ‘कोरोना महामारीपछि ध्वस्त भएको पर्यटन क्षेत्रलाई टेवा पु¥याउन आन्तरिक पर्यटन प्रवद्र्धनमा बाइक टूरले भूमिका खेल्नेछ ।’
उक्त टोलीले चितवनमा जिप सफारी, डुंगा सयर र दृश्यावलोकन गरी कुमाल होमस्टेमा अन्तरक्रियामा सहभागी भएको थियो । आइतबार पोखराका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी घले गाउँका लागि निस्किएको हो ।
यसअघि सन् २०१९ मा क्लबको आयोजनामा एक सयजना बाइक राइडरले ७७ वटै जिल्लाको भ्रमण गरेका थिए । क्लबकै माध्यमबाट बंगलादेशका राइडर नेपाल आएर मुस्ताङसम्म पुगेका थिए । पर्यटन बोर्डको सहयोग र राइडर स्वयंको खर्चमा बाइक टूर आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
अन्तरक्रियामा पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले बाइक टूरले पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश दिने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन यस्ता गतिविधिले सहयोग पुग्नेछ,’ उनले भने । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङले यो यात्राले नेपाल र पोखरालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे ।
टेवानकी निवर्तमान अध्यक्ष एवं टूरकी सल्लाहकार कमला गिरीले टूरलाई निरन्तरता पाउँदा पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताइन् । टेवान अध्यक्ष शोभा पाण्डेले नेपालको पर्यटनलाई विश्वसामु परिचित गराउन यस्तो कार्यक्रमले सहयोग पु¥याउने बताइन् ।
‘सबै मौसमका लागि पोखरा उपयुक्त छ भन्ने यो टूरले पनि प्रमाणित गरेको छ,’ उनले भनिन्, ‘आन्तरिकसँग बाह्य पर्यटन प्रवद्र्धन गर्न टूरले खेलेको भूमिका प्रशंसनीय छ ।’ टेवान महासचिव शोभा अधिकारी पौडेलले बाइक टूर टोलीलाई पोखरामा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरिन् । सोमबार घले गाउँबाट उक्त टोली काठमाडौं फर्किनेछ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

