१८औं हिसान कास्की स्पोर्ट्स मिट: बास्केटबल र भलिबलतर्फ फाइनल समिकरण पुरा

ब्याडमिन्टन र टेबुलटेनिस सम्पन्न

पाेखरा | पुस ६, २०८२

१८औं हिसान कास्की स्पोर्ट्स मिट: बास्केटबल र भलिबलतर्फ फाइनल समिकरण पुरा

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका छन् भने बास्केटबल तथा भलिबलतर्फ फाइनल समिकरण पुरा भएको छ ।  


प्रतियोगिताको चौथो दिन कक्षा ११–१२ (प्लस टु) ब्याडमिन्टनतर्फ समग्रमा प्रतिभा र मदर ल्याण्डले ७–७ अंक प्राप्त गरी टिम च्याम्पियन भएका छन् । 


त्यस्तै ग्लोबल कलेजियटले ५ अंक प्राप्त गरी उपविजेता, रेन्वो र कास्की मोर्डनाइन्डले ३–३ अंक प्राप्त गरी तेस्रो स्थान हात पारे । 


त्यस्तै विश्वविद्यालयतर्फ ७ अंक प्राप्त गरी इन्फरमेटिक्स पहिलो हुदा, ५ अंक प्राप्त गर्दै पोखरा लिंकन दोस्रो तथा पोखरा कलेज अफ म्यानेजमेन्टले ३ अंक प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ  । 
यसै गरी टेबुल टेनिसतर्फ सिर्जना मावि ७ अंकका साथ टिम च्याम्पियन हुदा प्रतिभा मावि ५ अंकका साथ उपबिजेता बनेको छ भने ग्लोबल ३ अंकका साथ तेस्रो भएको छ । 


ब्याडमिन्टन फाइनल 


सम्पन्न छात्रा ब्याडमिन्टन सिंगल्सतर्फ मदर ल्याण्डकी दिलाशा रानाले ग्लोबलकी रक्षा फगामीलाई २१–६, २१–६ ले पराजित गरी स्वर्ण पदक जितेकी छन् भने डबल्सतर्फ दिलाशा र कन्चन रानामगरको जोडीले फाइनलमा ग्लोबलका रक्षा र प्राप्ती खड्कालाई २१–९, २१–१३ ले पराजित गरी स्वर्ण पदक जिते । प्रतियोगितामा कास्की मोर्डनाइज्डकी प्रजु थापा र प्रतिभाकी लिजा छुमी तामाङले तेस्रो स्थान हात पारे । 


त्यस्तै छात्र सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा मदरल्याण्डका दिप रानालाई २१–१४, २१–१५ ले पराजित गरे । त्यस्तै छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र पवन गुरूङ, रेन्वोका रिसाल गुरूङ र किस्मत गुरूङ, कास्की मोर्डनाइन्जका रोहित श्रीष र ओजन भण्डारी तथा मदरल्याण्डका दिप राना र आशिष बहादुर कार्की क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् । 


विश्वविद्यालय छात्रा सिंगल्समा इन्फरमेटिक्सकी स्वेच्छा खड्काले फाइनलमा पिसिएमकी दिक्षा घर्तीमगरलाई २१–६, २१–१८ ले हराउँदै स्वर्ण पदक जित्दा छात्रतर्फ पोखरा लिंकनका रिजन सूर्यवंशीले फाइनलमा १८–२१, २१–१९ र २१–५ ले आफ्नै कलेजका हेप्पी गुरूङलाई पराजित गरे । छात्र सिंगल्समा इन्फरमेटिक्सकी रोनिका बुद्धाचार्य र ला ग्राण्डीकी आरती कुमारी तथा छात्रतर्फ इन्फरमेटिक्सका प्रिथक गुरूङ र विशेष बस्नेत तेस्रो भएका छन् । 


त्यस्तै डबल्सछात्रतर्फ इन्फरमेटिक्सका प्रीथक गुरूङ र विशेष बस्नेतको जोडीले पोखरा लिंकनको हेप्पी गुरूङ र प्रकाश विकको जोडीलाई २१–१८, १९–२१ र २२–२० ले पराजित गरी स्वर्ण पदक हात पारे । 


पेकका अमित भण्डारी र विश्वास धिताल तथा सोचका रोहित खार्जा र अर्पित नेपालीको जोडी तेस्रो भएका छन् । यता छात्रातर्फ इन्फरमेटिक्सका रोमीका बुद्धाचार्य र स्वेच्छा खडकाको जोडीले स्वर्ण पदक जितेको छ । उनीहरुले फाइनलमा पोखरा लिंकनको जोडी रेनु गुरूङ र समिक्षा कुमाललाई २१–९, २१–१३ ले पराजित गरेको छ भने पिसिएमका दिक्षा घर्ती मगर र सलिना जैशी तथा पेकका अनिषा अधिकारी र कल्पना गुरूङको जोडीले तेस्रो स्थान प्राप्त गरेको छ । 


टेबुल टेनिस फाइनल 


यसै गरी प्रतियोगिताको चौथो दिन सम्पन्न प्लस टु टेबुल टेनिस छात्र सिंगल्सतर्फ सिर्जनाका विशेष गौचन प्रथम, प्रतिभाका गौरव शेरचन दोस्रो, प्रतिभाकै युनिश भुजेल र ग्लोबलका अशिम घले तेस्रो भएका छन् । छात्रातर्फ सिर्जनाकी तृषा गुरूङ, सगरमाथाकी सेजल बाँनिया, सिर्जनाकी प्रजिता मुडभरी तथा मदरल्याण्डकी अनुस्का भट्टराईले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे । 


त्यस्तै टेबुल टेनिस प्लस टु छात्र सिंगल्सतर्फ  प्रतिभाका गौरव भुजेल र युनिश भुजेल पहिलो, सगरमाथाका सुमित कोइराला र आर्यन क्षेत्री दोस्रो, सिर्जनका रोमिक थापा र विशेष गौचन तथा ग्लोबलका अशिम घले र सार्थक सिग्देलले तेस्रो स्थान हात पारे । त्यसै गरी छात्रा डबल्सतर्फ सिर्जनाका तृषा गुरूङ र प्रजिता मुडभरी, प्रतिभाका गौरी भुजेल र सुस्मी गुरूङ, सगरमाथाका सेजल बाँनिया र राधिका जैशी तथा ग्लोबलका मन्दिरा राई र मेलिना पौडेलको जोडी क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् । 


प्रतियोगिताअन्तर्गत सम्पन्न विश्वविद्यालयतर्फ छात्रा टेबुल टेनिस सिंगल्समा इन्फरमेटिक्सकी अविशा श्रेष्ठ, पेककी रोनिका रुम्वा, इन्फरमेटिक्सकी दावा डोल्मा गुरूङ  र पेककी अनुस्का थेवे तथा छात्र डबल्सतर्फ पेकका सुवर्ण रुम्वा र मदन कार्की, त्रिवेणीका पवन खत्री तथा पिएलआइसीका सन्सार गुरूङ क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् । 


त्यस्तै डबल्स छात्रतर्फ पेकका सूवर्ण रुम्वा र मदन कार्की, पोखरा लिंकनका संसार गुरूङ र प्रकाश विक, माउन्ट अन्नपूर्णका सिद्धार्थ खड्का र प्रवेग बस्नेत, पिसिएमका सुजन गौतम र निर्भय लिगलले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल रहे भने छात्रा डबल्सतर्फ इन्फरमेटिक्सका दावा डोल्मा गुरूङ र अभिषा श्रेष्ठ, पेकका अनुस्का थेवे र रोनिका रुम्वा, ला ग्राण्डीका प्रतिक्षा कार्की र जेशीका गुरूङ, पिसिएमका प्रतिक्षा केसी र सजिना पौडेलको जोडी क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् । 


भलिबल 


१७ औं हिसान स्पोर्टस मिट छात्र भलिबलतर्फ प्रतिभा मावि र पोखरा युनाइटेड भिड्ने भएका छन् । प्रतिभाले न्यू ग्यालेक्सीलाई २५–१५, २१–२५ र २५–२१ ले तथा पोखरा युनाइटेडले माउन्ट अन्नपूर्णलाई २५–१३ र २५–१४ ले पराजित गरेको हो । तेस्रो स्थानका लागि न्यू ग्यालेक्सी र माउन्ट अन्नपूर्ण आमने सामने हुनेछन् । 


त्यसै गरी छात्रा भलिबलको फाइनलमा प्रतिभाले गुरूकुलको सामना गर्ने भएको छ । आज सम्पन्न सेमीफाइनलमा प्रतिभाले पश्चिमाञ्चललाई २५–१५ र २५–२० ले पाखा लगाउँदै फाइनलमा स्थान बनाउँदा गुरूकुलले न्यू ग्यालेक्सीलाई १९–२५, २५–२२ र २५–१६ ले जित हात पारेको हो । सेमीफाइनलमा पराजित दुबै टिम न्यू ग्यालेक्सी र पश्चिमाञ्चल तेस्रो स्थानका लागि खेल्नेछन् । 


बास्केटबल 


हिसान स्पोर्ट्स मिटअन्तर्गत प्लस टु छात्र बास्केटबलमा फाइनलमा प्रतिभा मावि र मनकामना भिड्ने भएका छन् । सम्पन्न सेमीफाइनलमा प्रतिभाले कास्की मोर्डनाइज्डलाई ५४–३० र मनकामनाले न्यू ग्यालेक्सीलाई ४९–४८ को स्कोरले पराजित गरे । पराजित दुबै टोली तेस्रो स्थानका लागि खेल्नेछन् भने छात्रा फाइनलमा फिसटेल र न्यूग्यालेक्सी फाइनलमा प्रवेश गर्दा पोखरा आदर्श र कास्की मोर्डनाइज्ड तेस्रो स्थानका लागि भिडनेछन् । 


१८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा भएका छन् । जस अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा भएका छन् । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता रहेको छ । 


त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम,  टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डबल्सतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिएका छन् । 


त्यस्तै, विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाएका छन् । 


१५औं देखि १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार तीन पटक र न्यू ग्यालेक्सीले लगातार चार पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।


निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध ८० शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ ।
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्