आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
काठमाडाैं | साउन ३०, २०७९
कोरोना भाइरसको सङ्क्रमण आज आठ सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार सात सय ३७ परीक्षणमध्ये आठ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७४ जना घर फर्किएका छन् ।
आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ८९ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट, डोल्पा र हुम्ला रहेका छन् ।
यस्तै होम आइसोलेशनमा पाँच हजार एक सय ८८, संस्थागत आइसोलेशनमा एक सय ९९, सघन उपचार कक्ष(आइसियु)मा ६४ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ५० हजार ६४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

