तीन प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

काठमाडाैं | माघ १३, २०८२

तीन प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

काठमाडौं:  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ ।


कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।


साथै कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ ।

पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ...

थप पढ्नुहोस्

सर्लाही:   नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ ।  आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो । प्रतियोगिताको ...

थप पढ्नुहोस्