होटल एक्जुकेटिभ क्लबद्धारा पर्यटन व्यवसायी विश्वराज पौडेल सम्मानित
पाेखरा | माघ १५, २०८२
पोखरा: होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो ।
पौडेललाई पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी, कार्यक्रमका संयोजक तुलसी लामिछाने लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे ।
लामो समय देखी पोखराको पर्यटन व्यवसायमा पौडेल संलग्न छन् । पहिलो रेष्टुरेष्ट व्यवसायबाट शुरु गरेका पौडेलले अहिले रेष्टुरेष्ट र होटल सञ्चालनमा छ । उनले चिल्ली बार एण्ड रेष्टुरेष्टबाट व्यवसायीक यात्रा थालेका थिए । उनका हाल ३६० स्काइ लाउन्च, हिमालयन ग्लोरी इन्, हिमालयन गेष्ट हाउस, टेम्पल बेल बुटिक होटल एण्ड स्पा लगाएतका व्यवसाय छन् । उनलाई भाई भिष्म पौडेलले साथ दिर्दै आएका छन् । हाल रेवान पोखराका अध्यक्ष रहेका विश्वराज पौडेल विभिन्न सामाजिक संस्था र निजी क्षेत्रका विभिन्न संस्थामा काम गरेको अनुभव छ । उनले हाल १ सय ३५ जनालाई रोजगारी दिएका छन् ।
यस अगाडी क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिर्सोटका सञ्चालक हरी गैरे, टेम्पल ट्रि का सञ्चाल बसन्त गौतमलाई सम्मान गरी सकेको छ ।
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ । यसअघि वैशाख १८ गतेका लागि तय गरिए...
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

