एमाले कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको हृदयघातबाट निधन
पाेखरा | फागुन २८, २०८२
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी भइरहेका बेला उनलाई अचानक हृदयघात भएको थियो ।
कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठकमा थापाले आफ्नो मन्तव्य राखिरहेका थिए । उनले करिब १० मिनेट सम्बोधन गरेपछि अचानक मञ्चमै ढलेका थिए । घटनालगत्तै उनलाई उपचार लागि तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।
घटनाबारे एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले जानकारी दिएका छन् । 'पार्टी बैठकमा बोल्दाबोल्दै थापा अचानक ढलेपछि तत्काल अस्पताल पुर्याइएको थियो', बरालले भने । उनले थापाको उपचारकै क्रममा निधन भएको बताए ।
म्याग्दी: वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

