लामाचौर कपः एपिएफ क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश

तेस्रो सेटमा  रेफ्रीमाथि बोतल प्रहार

पाेखरा | भदौ १४, २०७९

लामाचौर कपः एपिएफ क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश

 


पोखरा  :  गण्डकी प्रदेशले विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै फाइनल प्रवेश गरेको हो । 

 

लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गण्डकीले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

 

पहिलो सेट २२–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पनि २२–२५ ले गुमाएको थियो । विवादित बनेको तेस्रो सेट २५–२३ ले जित्दै गण्डकी खेलमा फर्किएको थियो ।

 

२२–२२ को बराबरीको अवस्थापछि खेल विवादित बन्न पुगेको थियो । गण्डकी २२–२३ ले पछि रहँदा विवाद बढ्दै गएपछि खेल झन्डै ३० मिनेट रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा गण्डकीले लगातार ३ अंक जोड्दै २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

 

चौथो सेटमा एकपक्षीय प्रदर्शन गरेको गण्डकीले २५–१६ ले जित्दै खेललाई पाँचौ सेटमा लम्व्याउँदै फाइनल पुग्ने आशा जीवितै राखेको थियो । निर्णायक तथा पाँचौ सेट प्रतिस्पर्धात्मक बन्दा गण्डकीले १७–१५ ले सेट आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।

 

अब गण्डकीले उपाधिका लागि बुधबार आर्मी र पुलिसबीचको विजेतासँग खेल्नेछ । आर्मी र पुलिसबीचको दोस्रो सेमिफाइनल अहिले भइरहेको छ।

 

महिलातर्फ न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेका छन् । पुलिसले आर्मीलाई तथा न्यू डायमण्डले गण्डकीलाई हराएर फाइनल प्रवेश गरेको हो । पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार हुनेछ ।

 

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ ।

 

महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।

 

दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।

 

पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको पहिलो सेमिफाइन खेलमा खेलाडी र रेफ्रीमाथि बोतल प्रहार भएको छ । 

 

तेस्रो सेटमा  रेफ्रीमाथि बोतल प्रहार  

 

लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपिएफ र गण्डकी प्रदेशबिच भइरहेको खेलको तेस्रो सेटमा रेफ्रीमाथि बोतल प्रहार भएको हो । 


खेलको तेस्रो सेटमा गण्डकी प्रदेशका खेलाडीको फल देखाएपछि रुष्ट बनेका दर्शकले रेफ्री र खेलाडीमाथि बोतल प्रहार गरेका हुन् । 

 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्