आज कक्षा १२ को नतिजा सार्वजनिक नहुने
काठमाडाैं | भदौ १४, २०७९
 
                                
                            काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिनभित्र कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। केही प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशित गर्न केही दिन लाग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्।
१५ भदौसम्म प्रकाशित गर्ने तयारी भए पनि केही दिन तलमाथि हुन सक्ने भन्दै उनले आज नतिजा सार्वजनिक नहुने स्पष्ट पारे। ‘टेक्निकल्ली हामीले १५ गतेभित्र गर्छौँ भनेका हौँ। एक–दुई दिन तलमाथि हुन सक्छ। तर, आज हुँदैन,’ उनले भने ।
यसअघि बोर्डका एक सदस्यले आज  साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएका थिए। तर, आज हरितालिका तिजका कारण बोर्डका महिला सदस्य बैठकमा उपस्थित हुन नसक्ने भएपछि आज परीक्षाफल प्रकाशित नगरिएको बुझिएको छ।
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            