न्यौपाने र रानालाई युवा पत्रकारिता पुरस्कार

तनहुँ | भदौ १४, २०७९

न्यौपाने र रानालाई युवा पत्रकारिता पुरस्कार

तनहुँ  :   तनहुँ समाज हङकङले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार यसवर्ष कृष्ण न्यौपाने र प्रताप रानामगरलाई प्रदान गरिने भएको छ । 

 

राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि न्यौपाने र कान्तिपुर टेलिभिजनका प्रतिनिधि राना मगरलाई ‘युवा पत्रकारिता पुरस्कार, २०७९’ बाट पुरस्कृत गर्न लागिएको हो ।

 

उक्त पुरस्कार समाजले स्थापना दिवसको अवसरमा भदौ १५ बुधबार आयोजित कार्यक्रममा प्रदान गरिने तनहुँ समाज हङकङका तनहुँ संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो । पत्रकारद्वय न्यौपाने र रानाले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पुर्‍याएकाले पुरस्कारका लागि छनोट गरिएको जनाइएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार पाँच सय ५५ रहेको छ । पुरस्कृत हुन लाग्नुभएका न्यौपाने नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान सहसचिव र राना हालका सचिव हुनुहुन्छ । 

 

समाजले प्रत्येक वर्ष दुई पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । हालसम्म यो पुरस्कारबाट पत्रकार ओमकार आचार्य, सोनी शर्मा, सुनिता आचार्य, नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भइसक्नुभएको छ ।

 

समाजले तनहुँमा विगत एघार वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै केही वर्ष अगाडी पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।

 

समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैङ्कमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । 

 

समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमादलगायत स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । समाजमा चार सय नहुँवासी आबद्ध छन् । समाजले हङकङमा विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ । 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्