बाबु-छोरीको मृत्युपछि कार चालक मल्ल फरार, सार्वजनिक अपीलसहित खोजीमा जुट्यो प्रहरी

कास्की | बैशाख २०, २०७९

बाबु-छोरीको मृत्युपछि कार चालक मल्ल फरार, सार्वजनिक अपीलसहित खोजीमा जुट्यो प्रहरी

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका कार चालकलाई खोजतलास गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कस्कीको आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै फरार रहेका कुश्मा नगरपालिका १ का एन्जिल बम मल्लाई कतै भेटेमा आफ्नो कार्यालयमा सम्पर्क गराउन अनुरोध गरेको हो ।

 

प्रकाशित सुचनामा लेखिएको छ, ‘मिति २०७९।०१।१८ गते आईतबार जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा नं. १ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा सवारी दुर्घटना पश्चात् फरार रहेका जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई कहि कतै देखेमा वा सूचना पाएमा जिल्ला प्रहरी कार्यालय कास्की सम्पर्क नं. ९८५६०३५५१२, ९८५६०३९५९९ मा सम्पर्क गरी अनुसन्धान कार्यमा सहयोग गर्नु हुन अनुरोध ।
‘हुलियाः वर्ण गोरो उचाई अन्दाजी ५ फिट २ इन्च, ठिक्कको शरीर भएको, वर्ष २७ को एन्जिल बम मल्ल’ 

 

जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल (फेसबुक) मा फरार प्रतिवादीलाई खोजतलास गर्न सुचना जारी गरेपनि आन्तरिक रुपमा खोजीकार्य तिव्र पारेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई बताए । उनले उक्त घटनालाई जिल्ला प्रहरी कार्यालयले पहिलो प्राथमिकतामै राखेर खोजिकार्य गरिरहेको जानकारी दिए । 

रहेनन् बाबु –छोरी

कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले  ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सुजिना पुनको मृत्यु भएको थियो ।

पोखराबाट पर्वततिर जाँदै गरेको कारले विपरित दिशाबाट पोखरा आउंदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका छोरी सविनाको आइतबारनै मृत्यु भएको थियो भने बावु जितबहादुरको उपचारको क्रममा सोमबार विहान मात्रै ज्यान गएको थियो । 

फरार मल्ललाई कारवाही नहुदा सम्म शब नबुझ्ने आफन्तको अडान

दुर्घटनापछि फरार रहेका कुश्मा नगरपालिका १ का २७ वर्षिय एन्जिल बम मल्ललाई पक्राउ गरि कारवाहीको प्रक्रिया अगाडी नबढाएसम्म मृतकका परिवारले शव नबुझ्ने अडान लिएका छन् । एक व्यक्तिको लापरवाहीले आफ्ना आफन्तले ज्यान गुमाएको बताउदै फरार मल्लाई छिटै पक्राउ गरि कडा भन्दा कडा उनीहरुले बताउदै आएका छन् ।

 

मृतक परिवारका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना दिएका थिए भने सोमबार फरार मल्ललाई पक्राउ नगरेको भन्दै पोखरा– हेम्जा  सडकखण्ड अवरुद्ध गरेका थिए । 

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्

काठमाडौ‌:  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।   राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

थप पढ्नुहोस्