पावरहाउसबाट लागुऔषधसहित ४ जना पक्राउ

पाेखरा | भदौ १५, २०७९

पावरहाउसबाट लागुऔषधसहित ४ जना पक्राउ

कास्की:   जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने २२ वर्षिय अजय जिसी, अन्नपूर्ण गाउँपालिका ११ स्थायी घर भई हाल पोखरा १६  दीप बस्ने २९ वर्षिय मिलन गुरुङ, पोखरा १६ दीप बस्ने ४० वर्षिय सन्तोष गुरुङ र गोरखाको भिमसेनथापा गाउँपालिका ३ स्थायी घर भई हाल चितवनको रत्ननगर नगरपालिका १३ माधबपुर बस्ने २५ वर्षिय समिर कोईराला रहेका छन् ।

 

उनीहरुको साथबाट नुर्फिन १ सय ७०, डाईजापाम १ सय ७०, फेनरागन १ सय ७० गरि कुल ५ सय १० एम्पुल लागुऔषध बरामद गरेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । उनका अनुसार पोखरा ३० स्थित पावरहाउस चोकमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा लागुऔषध भेटिएको थियो ।

 

लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई  लागुऔषध मुद्दामा १० दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्