माओवादी केन्द्र मादीका उपाध्यक्ष एमाले प्रवेश

कास्की | बैशाख २०, २०७९

माओवादी केन्द्र मादीका उपाध्यक्ष एमाले प्रवेश

पोखरा:    कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिएका हुन् । 

 

उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् । माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार, अमृत भुजेल, रोशन नेपाली र विशाल नेपाली पनि एमाले प्रवेश गरेका छन् ।

 

नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायत पालिकाका एमाले नेताले स्वागत गरेका थिए । 

 

एमाले प्रवेश गरेपछि बोल्दै उपाध्यक्ष रानाभाटले कास्कीमा अब माओवादी केन्द्रको भविष्य नरहेको बताए । ‘देशमा भन्दिनँ, कास्की र मादी गाउँपालिकामा अब माओवादी केन्द्रको भविष्य छैन ।’ उनले थपे, ‘५ दलीय गठबन्धनको पनि भविष्य छैन, मलाई राम्रो ठाउँ रोजेको भनेर धेरै शुभकामना आइरहेको छ ।’

 

उनले एमालेसँग एक्लै लड्न नसकेर ५ दलले गठबन्धन गरको सुनाए । ‘माओवादी खोला हो । लक्ष्यमा पुग्न नदीमा पुग्नुपर्छ । एमाले नदी हो ।’ उनले भने, ‘अबको माग नेकपा एमाले हो । एक्लै एमालेसँग लड्न नसक्ने भएर गठबन्धन गर्न सकेका छैनन्, आफ्नो पार्टीको अस्तित्व राख्न नसकेपछि किन बस्नु ?’
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्