अन्नपूर्णमा मतदाताले गरे कांग्रेस उम्मेदवार कुँवरको प्रशंसा’

कास्की | बैशाख २०, २०७९

अन्नपूर्णमा मतदाताले गरे कांग्रेस उम्मेदवार कुँवरको  प्रशंसा’

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका युवराज कुँवरसहित काँग्रेसका उम्मेदवारहरु घरदैलोको क्रममा छन् । घरदैलोमा पुग्दा यसअगाडी कुँवर नेतृत्वमा रहँदा गाउँपालिकाले गरेका कामहरुको प्रशंसा मतदाताहरुले गरेका छन् । 

 

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा कुँवरको नेतृत्वले राम्रो काम गरेकोले यसपालि पनि पुनः कुँवरलाई नै अध्यक्षको रुपमा निर्वाचित गराउने मतदाताहरुले बताएका छन् । घरदैलो अभियानकै क्रममा मंगलबार नेपाली काँग्रेसको उम्मदेवारको टोली गाउँपालिकाको झिनु, तौली र छोम्रोङ लगाएतको स्थानमा पुगेको थियो । 

‘हामीले काम गर्दा कहिल्यै जनतालाई धोका हुने गरि काम गरेनौँ । र, त्यसैले यहाँका जनताको साथ र समर्थन मेरो अनि काँग्रेसको नेतृत्वप्रति कायम रहन सकेको हो ।’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष उम्मेदवार युवराज कुँवरले भने–‘यो क्षेत्रको विकास र सम्बृद्धि नै आगामी दिनमा पनि हाम्रो कार्ययोजना हो ।’

 

गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर र उपाध्यक्षमा खेमकुमारी गुरुङ नेपाली काँग्रेसको तर्फबाट प्रत्यासी छन् । त्यस्तै वडाअध्यक्ष उम्मेदवार ललित गुरुङसँगै वडा सदस्य उम्मेदवारहरु तारादेवी पौडेल, मनमाया बिक, गोपाल आले, मिलन गुरुङ लगाएत अहिले सो क्षेत्रको घरदैलोमा सहभागी छन् । 

 

घरदैलो कार्यक्रममा प्रचारप्रसार समितिका सँयोजक मनपति भण्डारी, महासमिति सदस्य आइबहादुर गुरुङ, दीपक गुरुङ, क्षेत्रीय सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनीधि पोषनाथ शर्मा, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस अन्नपूर्ण ११ का सभापति विशाल गुरुङ, उपसभापति हितमान गुरुङ लगाएत सहभागी थिए ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा हाल १ हजार ८ सय ४० मतदाता रहेका छन् । 

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्

पोखरा:   प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर म...

थप पढ्नुहोस्