चुनावी प्रचारमा नवलपरासी पूर्वको हुप्सेकोटमा काँग्रेस र एमालेबीच झडप, ६ जना घाइते

काठमाडाैं | बैशाख २१, २०७९

चुनावी प्रचारमा नवलपरासी पूर्वको हुप्सेकोटमा काँग्रेस र एमालेबीच झडप, ६ जना घाइते

नवलपरासी पूर्व- नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ । झडपका क्रममा ६ जना घाइते भएको बताइएको छ ।

 

काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको जनाइएको छ । गएराति घरदैलो कार्यक्रम सकेर फर्कने क्रममा आक्रमण भएको पाण्डेले जानकारी दिनुभयो । पाण्डे यसअघि पनि गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो ।

 

वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा.वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यकताले अवरोध सिर्जना गरेको पाण्डेको भनाइ छ ।

 

ढुङ्गा हान्न शुरु गरेपछि वडा नम्बर १ मैएक स्थानीयकोघरमा छिरेर ज्यान जोगाउने प्रयास गरेको तर एमाले कार्यकर्ताले घर घेरेर आक्रमण गरेको पाण्डे बताउनुभयो ।

 

आक्रमणका क्रममा अध्यक्ष उम्मेद्वार घाइते हुनुभएको छ । झडपमा एमालेका ३ जना कार्यकर्ता पनि घाइते भएका छन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्