कास्कीमा १६ मध्ये जसले पनि टिकट पाउन सक्छ : सहमहामन्त्री परियार
पाेखरा | भदौ २०, २०७९
पोखरा : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कास्की क्षेत्र नम्बर १ बाट आफुसँगै सिफारिस भएका जसले पनि टिकट पाउने सम्भावना भएको बताएका छन् ।
नेपाली कांग्रेसले सुुरुवात गरेको जनताको साथमा कांग्रेस अभियानको अवसरमा पोखरामा आइपुगेका सहामहामन्त्री जिवन परियारले आफुुसँगै सिफारिस भएका जसले पनि टिकट पाउने सम्भावना भएको बताएका हुन् ।
उनले भने, ‘मसँगै सिफारिस भएका जसले पनि टिकट पाउन सम्भावना छ, जसले टिकट पाउने छ उसलाई जिताउन लाग्नेछु’ परियारले भने ‘गठबन्धनमा छलफल भइरहेकाले मैले नपाए गठबन्धनले टिकट पाउँछ उसलाई जिताउन एकमत छौं ।’
सहमहामन्त्री परियारले गठबन्धनबाट कसले कति सिट पाउने भनेर अन्तिम चरणको छलफल भइरहेकाले बाहिरको हल्लाको पछि नलाग्न सुझाव दिए । उनले भने, गठबन्धनका विषयमा अनेक किसिमका भ्रमहरु सृजना गरिए पनि त्यसमा कुनै सत्यता छैन ।’
‘हामी सबै जना ढुक्क भएर निर्वाचनमा केन्द्रित छौं’ सहामहामन्त्री परियार भन्छन् ‘गठबन्धन कुनै पनि हालतमा टुट्दैन ।’
सत्ता गठबन्धन भत्काउन देशी, विदेशी शक्तिहरु लागेपनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउबाले सुझबुझपूर्ण तरिकाले काम गरेको उल्लेख गर्दै उनले गठबन्धन निकै दह्रो भएको स्पष्ट पारे ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

