बजारीकरण र प्रवद्र्धन हाम्रो लक्ष्यः पण्डित
पाेखरा | भदौ २२, २०७९
पोखरा : पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनका लागि दुई प्यानल घरदैलो अभियानमा व्यस्त छन् ।
दुबै प्यानलले चुनाव जित्ने घोषणापत्र सहित व्यवसायीहरुको घरघरमा गएर आफुलाई विजयी गराउन भोट अपिल गरिरहेका छन् ।
यसै सन्दर्भमा सुनगाभा न्यूजले पवन प्रजापति प्यानलबाट उपाध्यक्ष (उद्योग) पदका उम्मेदवार हिरामणि पण्डितलाई सोधेको ५ प्रश्न :
प्रजापति प्यानल नै किन ?
पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पवन प्रजापति पदाधिकारीमा पुराना व्यवसायी भएकाले उनको प्यानलबाट उद्योगतर्फ उम्मेदवारी दिएको हुँ ।
प्रजापति साधारण सदस्य, कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रहेको र हाल वरिष्ठ उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदार हुन् । प्रजापति पोखराका व्यवसायीहरुका लागि चिनिएको र पुराना व्यवसायी भएको र पोखरामा उद्योगी व्यवसायीहरुको खडेरी पर्दै गएकाले यसको उत्थान गर्न आफुले प्रजापति प्यानल रोजेको हुँ ।
-पोखरा उद्योग वाणिज्य निर्वाचनमा ग्रुपिज्म बढेको हो ?
विगतका निर्वाचनमा पनि दुुई प्यानल नै थिए अहिले पनि प्यानल हुनु स्वभाविक नै हो ।
मतदाता भगवान हुुन् २५ गते निर्वाचन हुन्छ भगवानले जसलाई पनि जिताउन सक्छन् । २६गतेबाट व्यवसायीहरुको लागि काम गर्ने हो त्यसैले ग्रुपिज्म भन्ने हराएर जानेछ ।
-एजेण्डाहरु केके छन् ?
पवन प्रजापति प्यानलले ३४ महाधिवेशनमा प्यानल घोषणा गरेर १७ बुँदे प्रतिबद्धतापत्र सहित व्यवसायीहरुको घरदैलो अभियानलाई तिव्रता दिएको छ ।
प्रतिबद्धतापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा उल्लेख गरिएको छ ।
व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने प्यानलको प्रतिबद्धता छ ।
-जित्ने आधारहरु के-के छन् ?
पवन प्रजापति पोखराका व्यवसायीहरुका लागि पुराना व्यवसायीको रुपमा अगाडी सारेका छौँ । पदाधिकारीमा हेरौँ भने उहाँले विभिन्न समितिमा सफतापुर्वक आफ्नो भुमिका निर्वाह गरेकाले हामी प्यानलै विजय हुन्छौं ।
प्रजापति प्राकृतिक नियम अनुसार नै अध्यक्ष पदका दावेदार हुुन् त्यसैले वरिष्ठ उपाध्यक्ष पछि अध्यक्षकारुपमा हामीले उहाँलाई अगाडी बढाएकाले हामीले चुनाव जित्छौँ ।
-मतदातालाई केही भन्नु छ ?
पवन प्रजापति पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा पुराना र पोखराका व्यवसायीहरुको लागि पनि पुराना व्यवसायी भएकाले यस प्रजापति प्यानललाई अत्यधिक मतले विजयी बनाउन अनुरोध गर्दछु ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

