दशैं तिहारपछि डोजर लगाउँदा के बिग्रिन्थ्यो र ? – पवन प्रजापति
पाेखरा | भदौ २३, २०७९
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको दाबेदारी प्रस्तुत गरेका पवन प्रजापतिले महानगरको कदमलाई ‘अशोभनीय’ भनि टिप्पणी गरेका छन् ।
महानगरपालिका आज महेन्द्रपुलमा रहेको संरचनामा डोजर लगाएपछि प्रजापत्तिको उक्त प्रतिक्रिया आएको हो । दशैं तिहारजस्ता चाडपर्व व्यवसायीकालागि केही कमाउने आधार भएको भन्दै उनले त्यतिञ्जेलसम्म कुर्न नसकेकोमा आफु दुखि भएको बताएका छन् ।
भूकम्प, नाकाबन्दी र कोभिडले लामो समयदेखि व्यवसायीहरु मर्कामा परेको र बैंकको ब्याजसमेत तिर्न नसकेकोबेला कमाउने समय डोजर लगाउनु शोभनिय नभएको उनको टिप्पणी छ ।
‘चाडबाड आइसक्यो, केही कमाइएला भनेर व्यवसायीले रिन खोजेर लगानी गरेका छन्’ प्रजापतिले भने ‘त्यतिबेलासम्म कुर्दा महानगरलाई के हानी हुन्थ्यो र ?’
आफु व्यवसायीको पक्षमा रहेको भन्दै उनले ‘वर्षाैदेखि चलेका व्यवसायीहरुलाई एक महिनामात्रै थप्दा के बिग्रन्थ्यो र ?’ भनि सरोकारवाला निकायसमक्ष प्रश्न समेत गरेका छन् ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

