नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडाैं | भदौ २३, २०७९

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

 

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब १३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३७ दशमलब ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५४ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलब ८४ मा सीमित भएको छ ।

 

कूल दुई सय २७ कम्पनीको ३४ लाख एक हजार छ सय ९२ कित्ता शेयर रु एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने छ उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।
नेप्सेका अनुसार बैंकिङ चार दशमलब शून्य छ, व्यापार १७ दशमलब ५९, उत्पादन १३, अन्य १८ दशमलब ८५, लघुवित्त एक दशमलब ५५, जीवन बीमा २४ दशमलब ८२, नागरिक लगानी कोष शून्य दशमलब १३ अङ्कले ओरालो लागेको छ ।

 

यस्तै होटल तथा पर्यटन १० दशमलब ९७, विकास बैंक ३७ दशमलब १३, जलविद्युत् १३ दशमलब ७८, वित्त २२ दशमलब दुई र निर्जीवन बीमा एक दशमलब ७१ र लगानी शून्य दशमलब शून्य दुई अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार पाँच सय एक बराबर रहेको छ । नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १३ करोड १० लाख ४५ हजार तीन सय ६५ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु चार करोड ४४ लाख ८१ हजार चार सय १९, नबिल बैंक रु तीन करोड ३५ लाख पाँच हजार छ सय ७८, प्राइम बैंक रु दुई करोड ९३ लाख १० हजार सात सय ५४ र एशियन लाइफ इन्स्योरेन्स रु दुई करोड ७८ लाख ८४ हजार नौ सय ९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

 

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त चार दशमलब ४९, मल्टीप्रपोज फाइनान्स कम्पनी चार दशमलब शुन्य नौ, ग्लोबल आइएमई बैंकको ऋणपत्र तीन दशमलब ९७, छ्याङदी हाइड्रोपावर तीन दशमलब ९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ७० प्रतिशतले कमाएका छन् ।

 

यस्तै,सामुदायिक लघुवित्त छ दशमलब ४९, अप्पर हेवाखोला पाँच दशमलब ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलब ६०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलब ६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले दुई दशमलब ७५ प्रतिशतले गुमाएका छन् । 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्