मनाङका विद्यालयमा जति कक्षा बढ्यो, उति विद्यार्थी कम
मनाङ | असोज २, २०७९
तस्बिर साभार
मनाङ : हिमाली जिल्ला मनाङमा शिक्षण संस्थाअनुसार विद्यार्थीको सङ्ख्या भने घट्दो छ । जिल्लाका शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मनाङका अनुसार कक्षा बढ्दै गएपछि कतिपय विद्यालयमा विद्यार्थी रित्तिने अवस्थामा पुगेका छन् ।
एकाइ कार्यालयको तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, सदरमुकाम चामे गाउँपालिकामा ५५, नासों गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।
इकाइ प्रमुख चपाईंले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा कूल ७२ जना रहेका छन् । चामे गाउँपालिकामा एक सय ७६, नासों गाउँपालिकामा एक सय ७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको जानकारी दिनुभयो । “इसिडीमा विद्यार्थी बढी भए पनि कक्षा बढ्दै गएपछि घट्ने गरेको छ”, उहाँले भन्नुभयो, “शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना दिवा खाजा तथा आवासीय व्यवस्था गरिएको छ । विद्यालयमा विद्यार्थी घट्ने क्रममा छन् ।”
विशेषगरी कक्षा ६ देखिमाथिका कक्षामा विद्यार्थी घटेको शिक्षाको तथ्याङ्कले देखाएको छ । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने चपाईंले बताउनुभयो । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी बाहिरिएको हुनसक्ने उहाँको भनाइ छ ।
जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यालय भवन र शिक्षक छ विद्यार्थी छैनन् । “यस्तो अवस्थामा विद्यालय बन्द छन्”, उहाँले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थीबाहेक अन्य विद्यार्थी नै छैनन् ।”
जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर बालबालिका पढाउने आशा रहेको अभिभावकको भनाइ छ । मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक रहेका छन् । चामे गाउँपालिकामा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासों गाउँपालिकामा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरुलाई पठनपाठन गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

