चितवनमा लागुऔषधिसहित छ जना पक्राउ
चितवन | असोज ५, २०७९

चितवन : चितवन प्रहरीले लागुऔषध खैरो हेरोइनसहित छ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१५ सूर्यनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरो हेरोइनजस्तो देखिने १० ग्राम पाँच सय मिलीग्राम लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाका साथबाट स्टिलको थाल दुई थान, १० वटा अर्ध जलेको अवस्थामा रु पाँचको नोट, लाइटर चार थान, १२ खिल्ली चुरोट, टुक्रा पारेको अवस्थाको ब्लेड आठ टुक्रा, सिक्का तीनवटा, एक सय ५५ पुरियामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ बस्ने वर्ष २२ का सन्तोष परियार, वडा नं १९ बस्ने वर्ष २२ का यमबहादुर आलेमगर, लमजुङ घर भई हाल भरतपुर २० बस्ने वर्ष ३० का तुलबहादुर गुरुङ, भरतपुर-१५ बस्ने वर्ष २३ का प्रशन्न गुरुङ, नवलपरासी देवचुली नपा-१५ घर भई हाल भरतपुर-१५ बस्ने वर्ष २३ का चेतबहादुर क्षेत्री र भरतपुर-२७ मेघौली बस्ने वर्ष ३६ का सुरेश महतो रहेका छन् ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...