पिएन गेट अगाडी अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थीबीच मुडभेड (तस्वीरहरु)
पाेखरा | असोज ५, २०७९
पोखरा : पोखरा १ बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडी आज साँझ दुई विद्यार्थी संगठनबीच झडप हुँदा एकजना विद्यार्थी नेता घाइते भएका छन् ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एमाले निकट अनेरास्ववियुबीच क्याम्पस गेट अगाडी झडप हुँदा क्रान्तिकारी विद्यार्थीका किरण खड्का घाइते भएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयकलाई दोस्रो पटक पनि प्रमाणिकरण नगरेपछि त्यसको विरोध जनाउदै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको थियो । सोही समयमा समयमा अनेरास्ववियु पक्षले कार्यक्रम विथोल्न खोजेपछि झडप भएको अखिल क्रान्तिकारीको आरोप छ ।
अखिल क्रान्तिकारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको थियो । त्यस्को प्रतिकार गर्न भण्डारीको कदम स्वागत योग्य रहेको भन्दै दीप प्रज्वलन गर्न क्याम्पस गेट अगाडि पुगेका थिए । नागरिकता विधेयकको विषयमा दुई विद्यार्थी संगठनबीच मुडभेड भएको कास्की प्रहरीले जनाएको छ ।
सुनगाभा न्यूजको लेन्सबाट हेरौं तस्बिरहरुः





स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

