दिल्लीमा उपचाररत पुनलाई पोखरा भलिबल प्रशिक्षणको सहयोग
पाेखरा | असोज ८, २०७९

कास्की: पोखरा महानगरपालिका ३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रले ब्लड क्यान्सर पीडित मनकुमारी पुनलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
प्रशिक्षण केन्द्रको आयोजना तथा छन्त्याल युवा संघको सह–आयोजनामा सम्पन्न क्लबस्तरीय पुरुष तथा महिला प्रतियोगिता २०७९ मा संकलित रकममध्ये नगद रु २० हजार सहयोग हस्तान्तरण गरेको हो ।
नगद हस्तान्तरण गर्दै प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रशिक्षक मनोज खड्का, छन्त्याल युवा संघका निवर्तमान अध्यक्ष कुल प्रसाद (कुशल) छन्त्याल, सचिव नवीन छन्त्याल लगायतले पुनको आफन्त भिमा घर्तीमगरलाई सो रकम हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै पुनको स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोग गरेको निवर्तमान अध्यक्ष कुशल छन्त्यालले बताए । उनले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने बताउदै छन्त्याल युवा संघ दुखको सारथी बन्ने धारणा राखेका थिए ।
यसैगरि प्रशिक्षण केन्द्रका सञ्चालक तथा भलिबल प्रशिक्षक मनोज खड्काले गत वर्ष मृगौला पीडित सुरज गुरुङलाई आर्थिक सहयोग गरेको स्मरण गरे ।
‘हामीले प्रतियोगिता गरेर संकलन भएको रकमको केही हिस्सा सामाजिक कार्यमै खर्च गर्ने निर्णय थियो, उनले भने, ‘त्यही अनुरुप यसवर्ष हामीले ब्लड क्यान्सर भएर उपचाररत रहनुभएकी मनकुमारीलाई सहयोग गरेको हौं ।’
यसैगरि छन्त्याल युवा संघका सचिव नवीन छन्त्यालले खेलकुद क्षेत्रमा मात्र नभई विभिन्न सामाजिक कार्यमा सक्रियता रहदै आएको बताए । उनका अनुसार प्रशिक्षण केन्द्रको २० हजारसँगै पोखरा भलिबल प्रशिक्षण केन्द्रका सल्लाहकार सुनिल मगरले नगद रु ५ हजार र देविस्थान घर्थोकका शेरबहादुर घर्तीमगरले १५ हजार सहयोग गरेका थिए ।
मालिका गाउँपालिका २ रुम (बिल्बाङ्ग) म्याग्दीकी मनकुमारी पुनको नयाँ दिल्लीकोस्थित राजीव गान्धि क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भईरहेको उनकी आफन्त भिमा घर्तीमगरले जानकारी दिइन् । उनका अनुसार पुनले जनजागृति आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन् ।
पुनको उपचारको क्रममा करिब ३० लाख सकिसकेको बताउदै घर्तीमगर अझै ५० लाख भन्दा बढी खर्च लाग्ने बताइन् ।
उनले पुनको थप उपचारका लागि सहयोग गर्नसमेत आग्रह गर्दै भनिन्, ‘तपाइहरुपनि उहाँको उपचारका लागि केही सहयोग गर्न चाहनुहुन्छ भने गरिमा विकास बैंकको (सिमा पुन) खाता नम्बर ०२१०१७००८१३४९००००००१ मा जम्मा गर्न सक्नुहुनेछ ।’
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...
पोखरा: फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला सर्वसम्मत चयन भएका छन् । पोखरा–११, फुलबारीमा सम्पन्न भएको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनबाट बास्तोला अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसम...